२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी युवा पुस्ताको हो’ : मन्त्री गुरुङ

अ+ अ-

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा पुस्ता भविष्यको कर्णधार मात्रै नभई देशको विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी पनि भएको बताएका छन् । 

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाल युवा संस्था सञ्जाल (आयोन) नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले समाज र संसारलाई परिवर्तन गर्न सक्ने क्षमता युवा नेतृत्वमा हुन सक्ने विश्वास व्यक्त गरे। मन्त्री गुरुङले केही न केही परिवर्तन गरेर उत्कृष्ट नीतिमा देशलाई अगाडि बढाउन युवा नेतृत्वको आवश्यकता भएको बताए ।

“दिवसमा छलफल मात्रै गर्ने होइन, प्रतिबद्धता कार्यान्वयन महत्त्वपूर्ण हो, युवालाई दिगो विकास लक्ष्यको स्थानीय साझेदार कसरी बनाउने भनेर ध्यान दिनुपर्छ, नेपाली युवाले विदेशमा सूचना प्रविधि क्षेत्रको कम्पनी स्थापना गर्न सक्ने, आम्दानी भित्र्याउन सक्ने गरी कानुनी प्रबन्ध गरेका छौँ”, सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने।

सूचना प्रविधि क्षेत्रको साझेदार र हिस्सेदार युवा हो भन्दै मन्त्री गुरुङले नेपालको विकासमा युवाको सहभागिता महत्त्वपूर्ण भएकाले उनीहरूलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “सूचना प्रविधिको क्षेत्रमा भएको परिवर्तनलाई दिगो विकास लक्ष्यसँग जोडेर कसरी कार्यान्वयन गर्ने र युवाको भूमिका के हुनसक्छ भनेर छलफल होस्, स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीच समन्वय र आन्तरिक कार्यान्वयन कसरी गर्न सकिन्छ भनेर ध्यान दिनु आवश्यक छ ।”

युवामा नेपाल सरकारका सन्देश प्रवाह गर्दै मन्त्री गुरुङले हरेक तह, क्षेत्र र संरचनामा युवाको सहभागिता सुनिश्चित गर्ने, स्वीकार गर्नेलगायतका नीति मन्त्रालयले बनाइरहेको बताए। उनले भने, “राष्ट्रिय युवा नीति छलफलको क्रममा छ, संसद्को समितिमा पुगेको छ, १८ देखि ३५ वर्षसम्मका लागि युवा मान्ने नीति बन्दै छ । हामी चाँडोभन्दा चाँडो सूचना प्रविधिसँग जोडिएका ऐनहरू बनाउने तयारीमा छौँ, सबै युवाहरू सूचना प्रविधिको क्षेत्रमा लाग्नुस्, आर्थिक समृद्धि हासिल गर्नुस् ।”

मन्त्री गुरुङले अन्तर्राष्ट्रिय रूपमा निर्धारण गरेको विकास लक्ष्य प्राप्त गर्नका युवाको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले भने, “डिजिटल नेपाललाई जोड्ने र पर्यटन क्षेत्रमा युवा र कृत्रिम बौद्धिकताको भूमिका, सूचना प्रविधि क्षेत्रको भूमिकाबारे छलफल चलिरहेको छ, अबको समय तपाईँको डाक्टर पनि कृत्रिम बौद्धिकता हुनसक्छ, मेडिकल विज्ञानमा कृत्रिम बौद्धिकताको भूमिका छ, अबको युग कृत्रिम बौद्धिकताको युग हो, सञ्चार मन्त्रालयले यसको नीति बनाएको छ, नियमावली बनाउने चरणमा छौँ, डिजिटल नेपालको पोर्टल सञ्चालन गर्ने तयारीमा छौँ, फाइभ–जी यस वर्ष लागू गर्ने तयारीमा छौँ ।”

मन्त्री गुरुङले वर्तमान युगमा इन्टरनेटमा पहुँच पनि अनिवार्य आवश्यकता बनिसकेको उल्लेख गर्दै प्रविधिको पहुँचमा रहेको असमानता हटाउन कुनै पनि घर, समुदायलाई छोड्न नहुने बताए । प्रत्येक प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने तयारीमा सरकार लागिपरेको उल्लेख गर्दै मन्त्री गुरुङले सीप विकास गर्ने, नयाँ नयाँ प्रविधिहरूको पहिचान गर्ने विषयलाई सरकारले ध्यान दिएको जानकारी दिए । 

प्रविधि र नवप्रवर्तनलाई ध्यानमा दिएर काम गर्न सकियो भने दिगो विकास लक्ष्य हासिल गर्दै समृद्धि हासिल गर्न धेरै राम्रो हुनसक्ने बताउँदै मन्त्री गुरुङले स्थानीय तहमा सोचेर संसारभर प्रभाव पार्ने गरी समृद्ध डिजिटल नेपालको कार्यान्वयन आवश्यक रहेको बताए ।