२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस-एमालेबीच प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने सहमति

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेसबिच वर्तमान सरकारलाई थप बलियो र प्रभावकारी बनाउने सहमति भएको छ । 

दुई दल सम्मिलित प्रदेशस्तरीय संयन्त्रको आज सम्पन्न बैठकले सरकार सञ्चालन, बजेट कार्यान्वयन र  प्रदेश सरकारअन्तर्गत खाली रहेका विभिन्न नियुक्तिका सन्दर्भमा छलफल गरी  गठबन्धनको मर्मअनुरुप अघि बढ्ने निष्कर्ष निकालेको एमालेका प्रदेश अध्यक्ष गुलाबजंग शाहले जानकारी दिए । 

उनले एक वर्षमा सरकारले गरेका कामकारबाहीको समीक्षासँगै सरकारलाई थप प्रभावकारी बनाउने विषयमा साझा धारणा तय भएको बताए । काँग्रेस-एमालेबीच सत्ता साझेदारीमा खटपट भएको भनी गरिएको प्रचारमा सत्यता नरहेको भन्दै अध्यक्ष शाहले दुई दलबीच सरकारलाई थप प्रभावकारी बनाएर लैजाने सहमति भएको बताए  । 

“सत्ता गठबन्धनमा खटपट भएको भनेर खरब आइरहेका छन्, ती सत्य होइनन् । आजको बैठकले सबै कुराको समीक्षा गर्दै सरकारका काम थप प्रभावकारी बनाउने, खाली रहेका निकायमा तत्काल नियुक्त गर्नेलगायत विषयमा साझा धारणा तय गरेको छ”, उनले भने । 

बैठकमा मुख्यमन्त्री यामलाल कँडेल, काँग्रेस कर्णाली प्रदेश सभापति शाही, काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी र अध्यक्ष शाहलगायत सहभागी थिए ।