२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

अ+ अ-

पर्वत । रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बुढो धानमा ब्लाष्ट रोग फैलिएको छ ।

यहाँको फलेवास नगरपालिकाका-४ मुडिकुवा, वडा नं ५ खानीगाउँ, वडा नं ६ देवीस्थानलगायतका वडामा जेठो बुढो धानमा सो रोग फैलिएको हो । ब्लाष्ट रोगका कारण पात सुक्ने, डाँठ तथा जरा सुक्दै जाने समस्या देखिएको छ ।

गाँज राख्ने र सप्रिने बेलामा धानबालीमा समस्या देखिएपछि कृषक चिन्तित बनेका छन् । धान बालीमा आकस्मिक रूपमा रोग देखिएको फलेवास नगर कृषि सञ्जालका अध्यक्ष विनोद भुसालले जानकारी दिए ।

सयौँ रोपनी खेतमा ब्लाष्ट रोग देखिएपछि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बागलुङका प्राविधिकसहितको टोलीले स्थलगत अनुसन्धान सुरु गरेको छ । गत वर्ष गुबो कुहिने र ढुसी किराकोे प्रकोपले क्षति व्यहोरेका कृषकले यस वर्ष पुनः ब्लाष्ट रोगको सामना गर्नुपरेको छ ।

हाल फलेवासका तीन वटा वडामा बढी मात्रामा सङ्क्रमण देखिएको भए पनि अन्य वडाहरूमा समेत देखिन थालेको सञ्जालका अध्यक्ष भुसालले बताए । उनले कृषि प्राविधिकसँग समन्वय गरेर सो रोगको निदानका लागि पहल भइरहेको बताउनुभयो । अन्य जातको धानमा भन्दा जेठो बुढोमा बढी सङ्क्रमण देखिएको छ ।

स्थलगत रूपमा पुगेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्राविधिक टोलीले राइस ब्लाष्ट र ‘ट्राइसिक्लाजोल’ नामको विषादी सिफारिस गरेका छन् । कार्यालयका प्राविधिक ललित सुनारले धानबालीमा देखिएको समस्याको निदानका लागि दुईवटा विषादी सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार एक ग्राम विषादी एक ग्राम पानीमा घोलेर छर्किएपछि एक सातामै सुधार आउने बताए ।

गत वर्ष पनि यो रोगले सामान्य क्षति भएको थियो । कृषकहरूलाई विषादी नि:शुल्क उपलब्ध गराइएको छ । कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी सोविता सुवेदीले बर्खे बालीमा आउने समस्या समाधानका लागि स्थानीय तहको कृषि शाखाका साथै ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबीच समन्वय र सहकार्य भइरहेको जानकारी दिए ।