२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशु वस्तु मरे

अ+ अ-

हुम्ला । एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिकामा ३० भन्दा धेरै पशु वस्तु मरेका छन् । गाउँपालिका-६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशु वस्तु मरेका हुन् ।

अचानक पशु वस्तुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल काड्ने रोगले हालसम्म एक भैँसी, एक कुकुर, ६ दुहुना र अन्य नौ वटा गाई तथा १४ भन्दा धेरै गोरुलगायत पशु वस्तु मरेका स्थानीय हरिबहादुर शाहीले जानकारी दिए। यही साउन ८ गतेपछि फैलिएको उक्त रोगले हालसम्म उनको मासिधारालगायत क्षेत्रमा कृषकका ३० भन्दा बढी पशु वस्तु मरेपछि ठूलो क्षति पुगेको छ ।

अधिकांश पशु वस्तु जंगलतिर खर्क रहेकाले अन्य पशुवस्तबारे यकिन विवरण आउन बाँकी छ । खर्कमा समेत अझै एक भैँसी बिरामी भएपछि पालमा राखिएको छ भने अन्य गाई गोरुसमेत थला परेका छन् । अज्ञात रोगको महामारीका कारण पशु वस्तु मर्न थालेपछि खर्क क्षेत्रको जंगल गन्हाउने भएको छ ।

सोही खर्कमा मात्रै नभई विभिन्न गाउँका खर्कमा १०० भन्दा बढी पशुवस्तुहरु अझै बिरामी परेका स्थानीयले जनाएका छन् । गाउँपालिकाको पशु शाखामा औषधिका लागि गए पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको शाहीले गुनासो गरे ।

यहाँ हिउँदका लागि पशु वस्तुलाई घाँस संकलन, बर्खे बालीको संरक्षण र गर्मीमा हुने रोग छल्नका लागि पशु वस्तु खर्कमा लिने प्रचलन छ ।