२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई तिहाइको सरकारले अर्थतन्त्र सुधार्न नसकेको वर्षमान पुनको दाबी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संसद्का दुई ठूला दल मिलेर बनेको करिब दुई तिहाइ सरकारले एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य सुधार गर्न नसकेको बताएका छन् ।

कृषि विकास बैंक कर्मचारी संगठनद्वारा मंगलबार आयोजित कार्यक्रममा पुनले सरकारले अर्थतन्त्र सुधारका लागि काम नगरेका कारण अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।

आर्थिक वर्ष ०८२/०८३ को बजेटमार्फत अर्थतन्त्रका चुनौती सामना गर्ने गरी नीति कार्यक्रम नल्याइएको उनको भनाइ थियो ।

बजेट नियमित र परम्परागत ढर्राबाट ल्याइएकाले सरकारले जतिसुकै दाबी गरे पनि अर्थतन्त्रका सबै सूचकमा उल्लेख्य सुधार हुने संकेत नदेखिएको बताए । तर, नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिले भने केही आशा जगाएको पुनले उल्लेख गरे ।

पुनले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा देखिएको समस्या हटाउन सरकार असफल भएको बताए । हरेक महिना जसो केन्द्रीय बैंकले ५० देखि ६० अर्ब रुपैयाँ बैंकहरुबाट खिच्ने गरेको र लगानी योग्य रकमको मौज्दात ७ खर्ब पुग्नुले बजारको मनोबल उठ्न नसकेको पुनले बताए ।

‘दुई तिहाइको सरकारले आर्थिक क्षेत्रमा आशा जगाउने सकेन । दुई तिहाइको सरकार बन्नु आफैँमा विशिष्ट अवस्था हो । तर, संख्यात्मक रूपमा यति बलियो सरकारले वित्त नीति राम्रो ल्याउन सकेन’, पुनले भने, ‘वित्त नीति नै राम्रो नआएपछि मौद्रिक नीतिले धेरै गर्न सक्दैनथ्यो । तर, गभर्नरले तुलनात्मक रूपमा मौद्रिक नीति राम्रो ल्याउनुभएको छ ।’

समग्रमा वित्त नीतिले बजार चलायमान बनाउने भए पनि अनुत्पादक क्षेत्रमा लगानी केन्द्रित हुन सक्ने खतरा पुनले औँल्याए । त्यसले भविष्यमा अर्थतन्त्रलाई थप समस्यामा धकेल्न सक्नेतर्फ सरोकारवाला पक्ष अहिल्यै चनाखो बन्नुपर्ने उनको भनाइ थियो । कोभिड-१९ महामारीपछि केन्द्रीय बैंकले ल्याएको पुर्नकर्जा नीति राम्रो र सान्दर्भिक भए पनि व्यवसायीले पुर्नकर्जामार्फतको पैसा अनुत्पादक क्षेत्रमा लगानी दुर्गा अर्थतन्त्र खस्किएको अनुभवबाट शिक्षा लिन सक्नुपर्ने उनले औँल्याए ।

‘कोरोनापछि अर्थतन्त्र सुधार गर्ने उद्देश्यले पुर्नकर्जाजस्ता नीति राम्रो आएको थियो । पुर्नकर्जाको रकम अनुत्पादक क्षेत्रमा लगानी गरिएका कारण अर्थतन्त्र पछिल्लो तीन वर्ष ‘स्लो डाउन’ मा गयो’, पुनले भने, ‘मौद्रिक नीतिका केही उदार व्यवस्थाले बल्तल्ल लयमा फर्कन खोजेको अर्थतन्त्र फेरि अप्ठेरोमा जान्छ छि भन्नेबारे समयमै सचेत हुनुपर्छ ।’

बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जाको ६० प्रतिशतभन्दा बढी हिस्सा सीमित मानिसहरूले प्रयोग गर्ने गरेको भन्दै पुनले बहुसंख्यकले त्यसको लाभ लिन सक्नुपर्नेमा जोड दिए । कृषि, उद्योग र सेवा क्षेत्रमा कर्जा प्रवाह बढी हुनुपर्नेमा व्यापारले ठूलो हिस्सा ओकटेका कारण प्रतिफल कम आउने गरेको चर्चा पुनले गरे ।

‘थोरै मानिसको हातमा ६० प्रतिशत कर्जा प्रवाह भएको छ । सीमित घरानाको मात्र वित्तीय पहुँच भएका कारण अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह भएको छ’, उनले भने, ‘उत्पादन र सेवाजस्ता लक्षित खालको क्षेत्रमा कर्जा प्रवाह सन्तोषजनक छैन । कूल ग्राहस्थ उत्पादनको आकारभन्दा धेरै कर्जा प्रवाह हुँदा पनि अर्थतन्त्रमा त्यसले कुनै योगदान दिन सकेको छैन ।’

फरक प्रसंगमा उनले संसदमा विचाराधीन बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) मा बैंकर्स र व्यवसायी छुट्याउने कि भन्नेबारे बहस भइरहेको बताए । अन्र्तराष्ट्रिय अभ्यास, मुलुकको आवश्यकता र व्यवहारिकताका आधारमा त्यसबारे दलहरू निष्कर्षमा पुग्ने उनको भनाइ थियो ।

‘अन्तर्राष्टिय अनुभवले बैंकर्स र लगानीकर्तालाई अलग गरेर जानुपर्ने दबाब पनि छ’, पुनले भने । अर्को एक प्रसंगमा पुनले ७ प्रदेश र ७ सय ५३ पालिका राजनीतिक र प्रशासनिक सुगमताका लागि माध नभई आर्थिक इकार्ई पनि भएको स्पष्ट गरे । संघीयताको मर्मअनुसार हरेक स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुग्नै पर्ने उनले बताए ।

उनले सरकारले चालु आर्थिक वर्षको बजेटमा कर्मचारी अवकाश कोषलाई बाध्यकारी बनाएर ल्याइएको व्यवस्था कर्मचारीको हितमा नरहेकाले पुनर्विचार हुनुपर्ने आफ्नो दलको धारणा रहेको बताए । बजेटमा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन अनिवार्य गरिएको छ । ‘सरकारले बजेटमा कर्मचारी अवकाश कोषलाई सामाजिक सुरक्षा कोषमा लाने गरी बाध्यकारी नीति ल्याएको छ । यसलाई स्वेच्छिक बनाइनुपर्छ’, उनले भने ।