२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमै भित्रिए साढे १३ हजार ईभी, आयातमा नयाँ रेकर्ड

अ+ अ-

काठमाडौँ। गत आर्थिक वर्ष २०८१/८२ मा विद्युतीय सवारीसाधन (ईभी) आयातमा नयाँ रेकर्ड बनेको छ ।

भन्सार विभागका अनुसार यस आवमा कुल १३ हजार ५ सय ७८ युनिट ईभी कार, जीप र भ्यान भित्रिएको देखिन्छ । यो अघिल्लो आव २०८०/८१ को तुलनामा धेरै हो । त्यसबेला ११ हजार ७ सय १ ईभी भित्रिएको थियो ।

गत आव ५० किलोवाटसम्मका ४ हजार ७ सय ३२ युनिट ईभी आयात भएका छन् । जसको लागत ८ अर्ब ३१ करोड १४ लाख ८० हजार रुपैयाँ बराबर छ । जसबाट सरकारले ३ अर्ब ५९ करोड ५२ लाख १९ हजार राजस्व संकलन गरेको छ ।

त्यस्तै ५१ देखि १०० किलोवाटसम्म क्षमताका ७ हजा ४ सय ३१ ईभी भित्रिएका छन् । जसको लागत १८ अर्ब ६२ करोड ८ लाख १४ हजार छ । त्यसबाट ११ अर्ब ८१ करोड २६ लाख ३९ हजार राजस्व संकलन भएको देखिएको छ ।

१०१ देखि २०० किलोवाटसम्म क्षमताका १ हजार ३ सय ६२ ईभी भित्रिएका छन् । जसको लागत ४ अर्ब ५३ करोड ४५ लाख ३० हजार छ । जसबाट सरकारले ३ अर्ब ८५ करोड ७ लाख ३९ हजार बराबर राजस्व संकलन गरेको छ ।

त्यस्तै २०१ देखि ३०० किलोवाट क्षमताका ४२ युनिट ईभी भित्रिएको छ । २७ करोड ८४ लाख ८७ हजार लागत छ । जसबाट सरकारले ४३ करोड ५१ लाख ८९ हजार राजस्व संकलन भएको छ ।

यसैगरी ३०० किलोवाटभन्दा माथिका २ युनिट ईभी आयात भएको छ । जसको लागत ८३ लाख २३ हजार र राजस्व ८८ लाख २६ हजार रहेको देखिएको छ ।

अनएसेम्बल्ड ईभी ५० किलोवाटसम्म क्षमताका ९ युनिट कार आयात भएको छ । जसको लागत ६४ लाख १० हजार र राजस्व ३२ लाख १७ हजार संकलन भएको विभागले जनाएको छ ।