काठमाडौँ । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका-४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका-२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको विसं २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा रु. तीन लाख ५० हजार जरिवाना, तीन दिन कैद र क्षतिपूर्तीवापत रु. १६ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भएपछि गुरुङ फरार रहेकी थिइन् ।
निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ सुकेधाराबाट शुक्रबार पक्राउ गरेको हो ।







