२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा शनिबार हुने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीको प्रवेश परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण प्रदान गरेको छ ।

महानगरले तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रम मार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीलाई अवसर प्रदान गर्दै आएको छ ।

यस वर्षको प्रवेश परीक्षाका लागि देशभरिका ७७ जिल्लाबाट प्राप्त १७ हजार २ सय २९ आवेदनमध्ये १६ हजार १ सय ३७ विद्यार्थी छनोट भएका छन् । छनोट भएका विद्यार्थीमा विज्ञान संकायका लागि ११ हजार ५ सय ९०, व्यवस्थापनका लागि ४ हजार १ सय ६४, मानविकीका लागि ३२, शिक्षाका लागि ९५ र कानुन संकायका लागि २ सय ५६ जना समावेश छन् ।

छात्रवृत्ति प्रवेश परीक्षा भोलि शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजीबाट ३०/३० र सामान्य ज्ञानबाट १० गरी कुल १ सय बहुवैकल्पिक प्रश्न सोधिनेछन् ।

उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक छ र गलत उत्तरका लागि नकारात्मक अंकन गरिने छैन । छनोट भएका विद्यार्थीले १ साउनदेखि महानगरको आधिकारिक वेबसाइट मार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्ने छन् ।