काठमाडौँ । रौतहटको दुर्गा भगवती गाउँपालिकाले दैनिकी ज्यालादारी तथा स्वयंसेवक कर्मचारी र कामदारलाई हटाउने निर्णय गरेको छ ।
मंगलवार बसेको कार्यपालिका बैठकले गाउँपालिका अन्तर्गतका विभिन्न शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालय र अस्पतालमा दैनिक ज्यालादारी, डोर हाजिरी, स्वयंसेवकका रूपमा कार्यरत कर्मचारी तथा कामदारलाई साउन १ गतेदेखि काममा नआउनु भनेको हो ।
प्रकृतिका कुनै पनि कर्मचारीहरूलाई कामकाजमा खटाएमा वा हाजिर गराएमा सम्बन्धित संस्था वा शाखा प्रमुख नै जिम्मेवार हुने व्यर्होर्नु पर्ने गाउँपालिकाको कार्यालयले एक सूचनामार्फत जानकारी गराएको छ ।








