२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी कुटपिट प्रकरणपछि नगरपालिका तनावग्रस्त, प्रहरीले दर्ता गरेन जाहेरी

अ+ अ-

काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिकाका कर्मचारीहरू निलम्बित मेयर र कार्यवाहक मेयरका सल्लाहकारहरूले कुटपिट गरेको आरोप लगाउँदै निरन्तर आन्दोलनमा छन् ।

गत बुधबार निलम्बित मेयर जितेन्द्र गुप्ता र कार्यवाहक मेयर अनिता कुमारी चौधरीका सल्लाहकार अनिल भगतले आफूहरूलाई कुटपिट गरेको आरोप लगाउँदै कर्मचारीहरू आन्दोलित भएका हुन् । जनप्रतिनिधिहरूबाटै कर्मचारी कुटपिट भएपछि पालिका तनावग्रस्त भएको छ ।

कर्मचारीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दर्ता गराउन खोज्दा पनि प्रहरीले लिन अस्वीकार गरेको उनीहरूको आरोप छ । आफ्नो सुरक्षाको माग गर्दै गत शुक्रबार कुटपिटको सिसिटिभी फुटेजसहित जाहेरी दर्ता गराउन प्रहरीसमक्ष गएता पनि आज सोमबारसम्म पनि प्रहरीले जाहेरी दर्ता नगरेको प्रशासन शाखा प्रमुख प्रद्युम्न प्रसाद पोखरेलले जानकारी दिए ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जाहेरी प्रहरी कार्यालयमा आएको र यसबारे बुझ्ने काम भइरहेकाले जाहेरी दर्ता नगरिएको बताए । उनले घटनाको बारेमा कार्यालयमा छलफल भइरहेको जानकारी दिए ।

कर्मचारीहरूले अग्रिम कमिसन उठाएका उपभोक्ताको फाइल लेखा शाखामा ढिला पठाएको निहुँमा निलम्बित मेयर र कार्यवाहक मेयरका सल्लाहकारले आफूहरूमाथि कुटपिट गरेको आरोप लगाएका छन् । दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने प्रशासन शाखा प्रमुख पोखरेलले बताए । उनले पालिकाको अत्यावश्यक कामबाहेक अन्य सबै काम ठप्प रहेको जानकारी दिए ।

उनका अनुसार, गत बुधवारको कुटपिट घटनापछि अन्य कर्मचारीहरू पनि त्रसित भएका छन् । पर्याप्त सुरक्षा व्यवस्था नभएको र दोषीमाथि कारबाही नभएसम्म काम गर्न नसकिने भन्दै आइतबारदेखि आन्दोलन गरिएको हो ।

आफूहरूमाथि कुटपिट भएको भन्दै कर्मचारीहरूले गत बिहीबार प्रमुख जिल्ला अधिकारी भोला दाहालसमक्ष ज्ञापन पत्र बुझाउँदै आफ्नो सुरक्षाको माग गरेका थिए । यसबारेमा का.वा. नगर प्रमुख अनिता कुमारी चौधरीसँग बुझन खोज्दा उनको फोन उठेन ।

कर्मचारीहरूको आन्दोलनले अहिले पालिकाको सेवा प्रवाह नराम्रोसँग प्रभावित भएको छ । स्थानीय विज्ञहरूले पालिका प्रमुख निलम्बनमा परेका बेला कार्यवाहक प्रमुखले नेतृत्व गर्न नसक्दा यस्तो समस्या उत्पन्न भएको बताएका छन् ।