२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप अभियान सम्पन्न

अ+ अ-

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप अभियान सम्पन्न गरेको छ ।

नगरपालिकाले गत वर्ष पशुमा महामारीको रूपमा देशभर फैलिएको लम्पीस्किन रोगविरुद्ध यस वर्ष नगरपालिकाले चार हजार ८५२ पशुलाई लम्पीस्किन रोगविरुद्धको खोप लगाएको हो । गत जेठ ३ गतेदेखि जेठ २२ गतेसम्म नगरपालिकाका १७ वडामा चार हजार आठ सय ५२ पशुलाई उक्त खोप लगाइएको नगरपालिकाको पशु शाखाका प्रमुख दोमलाल भुसालले जानकारी दिए ।

गत वर्ष नगरपालिकाले कृषकको गोठमै पुगेर  लम्पीस्किन रोगविरुद्ध खोप लगाएको थियो । यसका लागि नगरपालिकाले नीति तथा कार्यक्रममै पशु चौपायमा विभिन्न खोप सञ्चालन गर्न रु. २० लाख विनियोजन गरेको प्रमुख  भुसालले बताए । यस वर्ष रोग भित्रिनु अगाडि नै सो रोगविरुद्धको खोप लगाइएको उनको भनाइ छ ।

गत वर्ष नगरपालिकामा ४ हजार ७४८ पशुलाई खोप लगाइएको थियो भने ८३६ पशु सो रोगबाट सङ्क्रमित भएका थिए । उक्त रोगबाट १०६ पशुको मृत्यु भएको प्रमुख भुसालले बताए । लुम्बिनी प्रदेशमा लम्पीस्किन रोगबाट अहिलेसम्म नौ हजार ६११ पशुको मृत्यु भएको छ भने एक लाख ९२ हजार १८ पशु सङ्क्रमित भएका छन् ।