काठमाडौँ । नेपाली काँग्रेसको अनुशासन समितिको २६ नेता कार्यकर्तालाई पार्टी हित विपरीत कार्य नगर्न सचेत गराएको छ ।
गत निर्वाचनमा पार्टीका वा समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको उजुरीका आधारमा अब उप्रान्त पार्टी हित विपरीत कार्य नगर्न सचेत बनाएको समितिका संयोजक आनन्द ढुंगानाले जानकारी गराएका छन् ।
कलालीमा २, डोल्पामा १०, सल्यानमा ११, दैलेखमा १, खोटाङमा र धनुषामा १र१ जना समेत गरी जम्मा २६ जना सचेत गराइएको ढुंगानाले जानकारी गराए ।
तीन तहको निर्वाचनमा पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक भई कारबाही परेका तर फुकुवाको पुनरावेदन प्राप्त अनुशासन समितिले जनाएको छ ।
कारबाही फकुवाको माग गरेर निवेदन दिनेहरूमा कोशीमा १७, मधेशमा २३, बागमतीमा ४, गण्डकीमा ३, लुम्बिनीमा ३६, कर्णालीमा ४ र सुदूरपश्चिममा १ गरी ८८ जना रहेको अनुशासन समितिले जनाएको छ ।







