२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्दा उठाएर प्रहरी चौकी निर्माण

अ+ अ-

काठमाडौँ । सिरहाको लहान नगरपालिका-१३ स्थित पक्की टोलका स्थानीयले आपसी सहयोग र चन्दा संकलन गरी अस्थायी प्रहरी चौकीको पक्की भवन निर्माण गरेका छन् ।

करिब रु. २५ लाखमा निर्माण गरिएको सो भवनको आज एक कार्यक्रमबीच नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश-प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा उद्घाटन गरे । नगरप्रमुख चौधरीले स्थानीयवासीको एकता, सहयोग र प्रतिबद्धता प्रशंसनीय रहेको बताए । 

उनले भने, “समाजका अगुवाहरूले जग्गा दान र चन्दा संकलन गरेर यो भवन निर्माण गर्नुभएको छ, जुन यस क्षेत्रका लागि बरदान साबित भएको छ । यहाँका जनताले प्रहरीप्रति विश्वास राखेकाले शान्ति सुरक्षाको प्रत्याभूति पनि गरेका छन् ।” 

त्यसैगरी प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले प्रहरी र समुदायको सहकार्य अपराध न्यूनीकरणका लागि महत्त्वपूर्ण हुने बताए । प्रहरीले सेवाग्राहीलाई दिने सेवाबारेमा स्पष्ट पार्दै उनले भने, “प्रहरी सेवा नि:शुल्क हो । हामी विचौलियाविहीन, पारदर्शी र समुदायमैत्री सेवामा प्रतिबद्ध छौँ ।”

कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीलाई नागरिक र सरकारबीचको महत्त्वपूर्ण कडीका रूपमा चित्रण गर्दै भने, “शान्ति र सुव्यवस्थाका लागि प्रहरी सबैभन्दा नजिकको सरकारी संयन्त्र हो । यस भवन निर्माणले नागरिक र सुरक्षाकर्मीबीच सुमधुरसम्बन्ध स्थापित गरेको छ ।”

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनन्तराम सर्माले समुदायसँगको सहकार्यलाई शान्ति सुरक्षाको स्थायित्व र जनविश्वासको बलियो आधार भएको धारणा राखेका छन्। 

भवन निर्माण समितिका अध्यक्ष तथा समाजसेवी अस्मिनकुमार राउतका अनुसार विसं २०६७ मा गृहमन्त्री भीम रावलको पालामा गाउँमा डकैती जस्ता आपराधिक घटनाले सताएको बेला पक्की टोलमा अस्थायी प्रहरी चौकी स्थापना भएको थियो ।

 अहिले जीर्ण संरचनालाई स्थानीयले सहयोग जुटाएर पक्की भवनमा रूपान्तरण गरेका हुन् । अब उक्त अस्थायी प्रहरी चौकीलाई स्थायी रूप दिन उनले माग गरे । यस कार्यमा लहान नगरपालिका र मधेश प्रदेश सरकारको पनि आर्थिक सहयोग रहेको जनाइएको छ ।