काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन।
मुख्यमन्त्री शाहले बिहीबार नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन।
यसअघि नागरिक उन्मुक्तिबाटै मन्त्री बनेका लक्ष्मण किशोर चौधरीले अडियो प्रकरणमा राजीनामा गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले १५ दिन अघि नै निर्देशन दिएका थिए। तर रामेश्वरले राजीनामा नदिने सके बर्खास्त गर्न चुनौती दिएका थिए।
बुधबार सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेट पास भए लगत्तै मुख्यमन्त्री शाहले बिहीबार वन मन्त्री चौधरीलाई बर्खास्त गरेका हुन।







