२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षमान पुनले भने-‘भारत र चीनको ‘भाइब्रेटिङ ब्रिज’ बन्न सक्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाललाई दुई छिमेकी भारत र चीनको ‘भाइब्रेटिङ ब्रिज’ (जीवन्त सेतु) का रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकालाई तामाङ ट्रेलका रूपमा विकास गर्ने सम्बन्धी एक छलफल कार्यक्रममा बिहीबार उनले नेपाललाई ‘बफर स्टेट’ का रूपमा नभई तीव्र आर्थिक विकासका दृष्टिले ‘भाइब्रेटिङ ब्रिज’ अर्थात् जीवन्त सेतुका रूपमा विकास गर्नुपर्ने बताएका हुन् ।

विश्वको दोस्रो र तेस्रो ठुलो अर्थतन्त्रको बीचमा रहेको नेपाललाई उनीहरूले गरेको विकासको प्रत्यक्ष लाभ लिन ‘भाइब्रेटिङ ब्रिज’ को नीति प्रभावकारी हुने उनले बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री भएका बेला ०६४ सालमा उत्तर दक्षिण कोरिडोरको अवधारणा अघि सारेको भन्दै उनले त्यसले दुई छिमेकीबीच ‘भाइब्रेन्ट ब्रिज’को काम गर्ने बताए ।

‘प्रचण्ड’ सरकारले आर्थिक विकासको दृष्टिकोणका साथ नेपाल-भारत र चीनलाई व्यापार, यातायात र पूर्वाधार विकासमा जोड्ने गरी उत्तर-दक्षिण करिडोर र पुष्पलाल मध्यपहाडी लोक मार्गको अवधारणा ल्याएको उनले बताए ।

हाल कोसी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोरलगायतमा पूर्वाधार विकासको काम जारी छ ।

‘नेपाल विश्वको दोस्रो र तेस्रो ठुलो अर्थतन्त्रको बीचमा छ’, पुनले भने, ‘कूटनीतिक सम्बन्ध थप सुदृढ गरेर आर्थिक विकासका लागि उत्तर र दक्षिणको अर्थतन्त्र जोड्न नेपालले ‘भाइब्रेटिङ ब्रिज’ को रूपमा काम गर्नुपर्छ ।’

पुनले उत्तर-दक्षिण करिडोरलाई भौतिक पूर्वाधार र कनेक्टिभिटीका साथै धार्मिक, सांस्कृतिकका साथै पर्याय पर्यटन तथा सहरीकरण र कृषि जोन विकासको अवधारणामा लैजानुपर्ने औँल्याए ।

‘यस्ता करिडोरहरुले पहिला जनतालाई जोड्छ, अर्को सांस्कृतिक र आर्थिक रूपले जोड्छ’, पुनले भने ।