२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिस्थिति जटिल बनेको भन्दै केही दिन शिक्षा विधेयक रोक्न मन्त्री पन्तले आग्रह

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परिस्थिति जटिल बनेको भन्दै केही दिन विद्यालय शिक्षा विधेयक पास गर्न केही रोक्न आग्रह गरेका छन् ।

आज पारित गर्ने तयारी रहे पनि अन्तिम समयमा शिक्षक महासंघका प्रतिनिधिहरूले केही असन्तुष्टि राखेको भन्दै उनले केही दिन रोक्न समय मागेका हुन् ।

बिहान साढे ८ बजे बोलाइएको बैठक दिउँसो करिब ४ बजे मात्रै सुरु भएको थियो । त्यसअघि उनले शिक्षक महासंघका प्रतिनिधि र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग पनि छलफल गरे ।

देउवासँगको छलफलपछि बैठकमा पुगेर सुरुमै शिक्षामन्त्री पन्तले बैठक स्थगित गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सांसदहरूले आपत्ति जनाएका थिए ।

सांसदहरूले उठाएका विषयको जवाफ दिँदै मन्त्री पन्तले भने, ‘सरकारले अहिले नगर्नु भनेको कुरा गर्नपर्छ भनेर कुनै पनि संसदीय अभ्यासमा भएको छैन ।’

आफ्नो सहमति भएको भए पनि मन्त्रीको रूपमा केही दिन रोकिन उनले आग्रह गरे ।

‘सत्ता गठबन्धनको ठूलो दलको प्रमुख सचेतकले आफ्ना कुरा राखेपछि मैले त्यसलाई ग्रहण गर्नुपर्छ,’ पन्तले भने, ‘संसदीय प्रणालीमा सरकारको तर्फबाट मन्त्रीले यसलाई रोकौँ भनेपछि त्यो विधेयकको रूपमा जाँदैन ।’

केही विषय परिपक्व हुन समय लाग्ने बताउँदै उनले दुई तीन दिन पर्खन आग्रह गरे ।

‘संसदीय प्रणाली र समितिमा पनि सरकारको तर्फबाट मन्त्रीले रोकेपछि हुँदैन । मन्त्रीको हैसियतले यो मिलाउन समय चाहियो । सबै मिलाएर जानु पर्ने हुन्छ । म विशेष आग्रह गर्छु । परिपक्व हुन समय लाग्छ । सरकारले मानेन हामी पास गर्छु भन्नु हो भने म रोक्दिनँ । सरकारले हुँदैन भनेपछि रोक्नु पर्ने हुन्छ,’ शिक्षामन्त्री पन्तले भने ।

पुरानो सहमति कार्यान्वयन गरेर फेरि पनि आन्दोलन गर्न नजाने गरी काम गर्न लागेको उनले बताए ।

‘मैले सहमति गरेको नौ बुँदे कार्यान्वयन भइसकेको छ । पहिलाको मन्त्रीले गरेको सहमति किन कार्यान्वयन भएन ? सहमतिको सबै दायित्व यही रघुजी ले गर्नु पर्ने हो ?,’ उनले प्रश्न गरे ।