२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्याण्डका प्रधानमन्त्रीको राजीनामा माग्दै नेता र सर्वसाधारण सडकमा

अ+ अ-

एएफपी । थाइल्याण्डको राजधानी बैंककमा शनिबार हजारौँको सङ्ख्यामा सरकार विरोधी प्रदर्शनकारीहरूले प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजिनामाको माग गर्दै प्रदर्शन गरेका छन् ।

कम्बोडियाका एक अग्रज नेताले दुई देशबीचको सीमा विवादलाई शान्त पार्ने उद्देश्यसहित भएको एउटा फोन कल सार्वजनिक भएपछि प्रधानमन्त्री विवादमा परेका थिए । टेलिफोन वार्तामा प्रधानमन्त्री पेटोङटार्नले उनलाई ‘अंकल’ भनेको र सीमामा रहेका थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेको विषयले प्रधानमन्त्रीविरुद्ध आक्रोश छाएको छ । 

लामो समय सत्तामा रहेको एउटा वंशको प्रतिनिधित्व गर्दै ३८ वर्षीय प्रधानमन्त्रीले कम्बोडियासँग अनावश्यक झुकेको र थाइल्याण्डको सेनालाई कमजोर बनाउने अभिव्यक्ति दिएको आरोप लगाउँदै प्याटोङटार्नको गठबन्धनमा सहभागी एउटा प्रमुख दलले केही दिन पहिले सरकारसँगको सहकार्य त्यागेको घोषणा गरेको थियो । 

शनिबार करिब १० हजार प्रदर्शनकारीले राजधानीको विजय स्मारकमा ‘दुष्ट प्रधानमन्त्री, सत्ता छोड्’ लेखिएको थाइल्याण्डको झण्डा र प्लेकार्ड फहराउँदै सडक जाम गरेका थिए । प्रदर्शनमा सहभागी एक नेताले मञ्चबाट प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने, “प्रधानमन्त्रीज्यू, तपाईँले देशद्रोही गर्नुभयो !”

प्रदर्शनमा प्राय: वृद्ध वृद्धहरू थिए र ‘पहेँलो शर्ट’ आन्दोलनका अनुभवी कार्यकर्ताहरूले नेतृत्व गरेका थिए । उक्त समूहले सन् २००० को दशकमा पेटोङ्टार्नका पिता थाक्सिन सिनावात्रालाई हटाउन मद्दत गरेको थियो ।

थाक्सिनका पूर्व सहयोगी तर अहिले उनका कठोर आलोचकहरूमध्ये एक नेता आन्दोलनको एक प्रमुख आयोजक रहेका थिए । 

“म यहाँ थाइल्याण्डको सार्वभौमिकताको रक्षा गर्न र प्रधानमन्त्री अयोग्य हुनुहुन्छ भन्नका लागि आएको हुँ,’ ७० वर्षीय प्रदर्शनकारी सेरी सावाङमुएले भने । 

उनले एएफपीसँगको कुराकानीमा भने, “जब मैले गोप्य रूपमा बाहिरिएको कल सुनेँ तब मलाई थाहा भयो कि म उहाँलाई विश्वास गर्न सक्दिनँ ।” उनले सार्वजनिक भएको टेलिफोन कलको संवादलाई संकेत गर्दै थपे, “म धेरै राजनीतिक संकटहरूबाट गुज्रेको छु र मलाई थाहा छ कि यो देश कतातिर जाँदैछ। प्रधानमन्त्री हाम्रो सार्वभौमिकता त्याग्न तयार देखिनुहुन्छ।” 

थाइल्याण्डमा राजतन्त्र र सेनाको रक्षा गर्ने कटु विरोध गर्ने ‘पहेँलो शर्ट’ र थाक्सिन–समर्थित ‘रेड शर्ट’ बीच दशकौँदेखि संघर्ष रहँदै आएको छ ।