काठमाडौँ । २३ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको र सवा करोड रुपैयाँ भन्दा बढी क्रिप्टोको कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका-५ घर भएका १९ वर्षीय समीर तामाङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ सुन्दरी जल बस्ने १९ वर्षकै क्रिस पोखरेल छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।
उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थप भएको छ ।
फेसबुक र टेलिग्रामतर्फ समीर तामाङ नामको अकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने भन्दै प्रलोभन देखाएर २३ लाख १५ हजार रुपैयाँ बैंक खातामा हाल्न लगाएर ठगी गरेको आरोप छ ।
त्यसैगरी उनीहरूले अवैध क्रिप्टो कारोबारमा १ करोड ३१ लाख ६२ हजार ६७५ रुपैयाँ कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।







