काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको मंगलबार अपराह्न ४:०० बजेका लागि तय गरिएको बैठक स्थगित गरिएको छ।
बैठक स्थगनको जानकारी प्रदेश सभा सचिवालयले एक सूचना प्रकाशित गरी दिएको हो।
प्रदेश सभामा आजबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमाथि छलफल सुरु हुने कार्यक्रम तय भएको थियो। तर अन्तिम समयमा बैठक स्थगन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसैबीच, कार्य व्यवस्था परामर्श समितिको बैठक भने बुधबार दिउँसो १:०० बजे बस्ने तय भएको सचिवालयले जनाएको छ।
आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको अनुमानित बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए







