२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह

अ+ अ-

सिरहा । धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने कमला सिँचाइ प्रणालीअन्तर्गतका नहरमा सोमबारदेखि विधिवत् रूपमा पानी प्रवाह सुरु गरिएको छ । 

गत चैतदेखि कमला नदीमा जलप्रवाह कम भएपछि बन्द गरिएका नहर पुनः सञ्चालनमा आएका हुन् । रोपाइँको मुख्य समयमा किसानलाई सहज सिँचाइ सुविधा उपलब्ध गराउन समयमै नहर सञ्चालनमा ल्याइएको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, धनुषाका कार्यालय प्रमुख वीरेन्द्र यादवले बताए। “धान रोपाइँको मुख्य समयलाई ध्यानमा राख्दै नहर प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो, गत चैत यता कमला नदीमा जलप्रवाह कम भएकाले अस्थायी रूपमा नहर बन्द गरिएको थियो, अहिले नदीमा आवश्यक मात्रामा पानी उपलब्ध भएपछि विधिवत् रूपमा पानी प्रवाह सुरु गरिएको छ”, उनले भने, “नहरमा पर्याप्त पानी प्रवाहसँगै किसानले समयमै सिँचाइ पाउनेछन् भन्ने अपेक्षा गरेका छौँ ।”

सिँचाइ व्यवस्थापन कार्यालय प्रमुख यादवका अनुसार पहिलेका वर्षमा साउन १ गतेदेखि मात्रै नहर सञ्चालन गरिने परिपाटीलाई तोडेर विगत तीन वर्षदेखि असार पहिलो हप्ताबाटै नहरमा पानी प्रवाह गर्न थालिएको हो । असारबाट सञ्चालन हुने नहर कात्तिकसम्म चालु रहन्छ । त्यसपछि छठ पर्व विशेष सञ्चालन गरिने प्रमुख यादवले जानकारी दिए । 

पच्चिस हजार हेक्टरमा सिँचाइ सुविधा

कमला सिँचाइ प्रणाली मधेश प्रदेशकै प्रमुख सिँचाइ योजनामध्ये एक हो । त्यसले धनुषा र सिरहामा गरी २५ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याइरहेको छ । यो आयोजना मार्फत करिब ४० हजार घरपरिवार लाभान्वित भएका छन् ।

धनुषाको पश्चिमी नहर प्रणालीमार्फत करिब १२ हजार ५०० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । यसमा गणेशमान चारनाथ, सबैला, सहिद, विदेह, कमला, हँसपुर नगरपालिका र औरही तथा जनकनन्दनी गाउँपालिका रहेका छन् ।

त्यस्तै, सिरहामा १२ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । सिरहाका कर्जन्हा, मिर्चैया, कल्यानपुर, सिरहा र सुखीपुर नगरपालिका तथा विष्णुपुर र औरही गाउँपालिका यसमा समावेश छन् ।

किसानलाई ठूलो राहत

हाल मनसुनी वर्षा असमान रहँदा किसान सिँचाइ प्रणालीमा झन् बढी निर्भर भइरहेका छन् । यस्तो अवस्थामा समयमै सुरु गरिएको नहर सञ्चालनले यहाँका किसानलाई बाली लगाउने काममा सहजता ल्याएको छ । किसानहरू समयमै सिँचाइ पाउने भएपछि उत्साहित छन् । साथै उनीहरूको कमला सिँचाइको नियमित सेवा सुनिश्चित गरिनुपर्ने माग पनि बढ्दो छ ।