२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुशासन, प्रविधि र समृद्धिको यात्रामा बुढानीलकण्ठ नगरपालिका

अ+ अ-

बुढानीलकण्ठ नगरपालिका सुशासन, प्रविधि र समावेशी विकासको सन्तुलित मिश्रणसहित समृद्धिको मार्गमा अघि बढिरहेको छ । नगर प्रमुख मिठाराम अधिकारीको दूरदर्शी नेतृत्व र नागरिकको सक्रिय सहभागिताले शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारमा उल्लेखनीय प्रगति भएको छ । डिजिटल सेवादेखि हरियाली प्रवद्र्धनसम्म, बुढानिलकण्ठ स्मार्ट सिटीको सपना साकार पार्दैछ । यो नगरपालिका पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री सेवामार्फत स्थानीय तहको नेतृत्वमा नयाँ आयाम थप्दै छ ।

काठमाडौँ । काठमाडौँ उपत्यकाको उत्तरी भेगमा अवस्थित बुढानीलकण्ठ नगरपालिका धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाले समृद्ध छ । विश्वप्रसिद्ध बुढानिलकण्ठ मन्दिर, शिवपुरी राष्ट्रिय निकुञ्ज र सांस्कृतिक सम्पदाहरूले यो क्षेत्रलाई पर्यटकीय र आध्यात्मिक केन्द्र बनाएको छ । “स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर” को मूल मन्त्र बोकेर बुढानीलकण्ठ नगरपालिका सुशासन, प्रविधिमैत्री सेवा प्रवाह र दिगो विकासको मार्गमा दृढतापूर्वक अघि बढिरहेको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै यो नगरपालिकाले स्थानीय तहको सरकार सञ्चालनमा उदाहरणीय कदम चालिरहेको छ ।

नेपालको संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकार र जिम्मेवारीलाई आत्मसात् गर्दै बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र २०८१/०८२ को वार्षिक नगर विकास योजनामार्फत नागरिकको जीवनस्तर उकास्ने योजनाहरू प्रस्तुत गरेको छ । “स्मार्ट सिटी” को अवधारणालाई अंगीकार गर्दै यो नगरपालिका पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री सेवामा केन्द्रित छ ।

सुशासन र प्रविधिमैत्री सेवा प्रवाह
बुढानीलकण्ठ नगरपालिकाले सेवा प्रवाहलाई डिजिटल र पेपरलेस बनाउने नीतिलाई प्राथमिकता दिएको छ । योजना अनुगमन तथा मूल्यांकन महाशाखाका अधिकृत राजकुमार थापाले भने, “हामीले एकल सेवा केन्द्र सञ्चालनको तयारी गरिसकेका छौँ । साउनबाट यो सेवा शुरू भएपछि नागरिकले एकै ठाउँबाट छिटो र सहज सेवा प्राप्त गर्नेछन् ।” यो सेवा केन्द्रले सेवाग्राहीको कागजात जाँच गरी तत्काल सेवा प्रदान गर्ने वा समय तोकेर सूचना पठाउने व्यवस्था गर्नेछ । सेवाग्राहीले चिया–कफी खाँदै बसेर मोबाइलमा सूचना प्राप्त गर्न सक्नेछन्, जसले सेवा प्रवाहलाई अभूतपूर्व रूपमा सहज बनाउनेछ ।

नगरपालिकाले अनलाइनमार्फत नागरिकता फाराम, राजस्व भुक्तानी र अन्य प्रशासनिक सेवाहरू उपलब्ध गराउन शुरू गरेको छ । “हामीले ‘डिजिटल डिमाण्ड, डिजिटल सर्भिस’ को नीति अवलम्बन गरेका छौँ । फाइल ट्र्याकिङ सिस्टम, डिजिटल हाजिरी र अन्तरक्रियात्मक वेबसाइटमार्फत सेवा प्रवाहलाई सहज बनाएका छौँ,” थापाले थपे । यद्यपि, डिजिटल प्रणालीप्रति सेवाग्राहीको पूर्ण विश्वास कायम गर्न चुनौती रहेको उनको भनाइ छ । “अनलाइन एप्लिकेसनको सुविधा दिए पनि ‘खुल्यो कि खुलेन’ भन्ने चिन्ता छ । यो विश्वास बढाउन हामी निरन्तर प्रयासरत छौँ ।”

“हेल्लो बुढानिलकण्ठ डेस्क” मार्फत नागरिकका गुनासा र सुझाव तत्काल सम्बोधन हुने गरेको छ । प्रत्येक कार्यालयमा सुझाव पेटिका राखेर कार्यान्वयन योग्य सुझावलाई लागू गर्ने नीति अवलम्बन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले सुशासनलाई नगरपालिकाको मूल आधार मानेको बताए । “हामीले शिक्षा, स्वास्थ्य र पर्यटनलाई विशेष प्राथमिकतामा राखेका छौँ । सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न प्रविधिको अधिकतम उपयोग गरिरहेका छौँ,” उनले भने ।

सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न प्रविधिको अधिकतम उपयोग गरिरहेका छौँ,” उनले भने। डिजिटल नागरिक वडापत्र, एकल सेवा केन्द्र, र बुढानिलकण्ठ मोबाइल एपले सेवा प्रवाहलाई सहज र पारदर्शी बनाएको छ।

कर्मचारीहरूको सहयोगी टोलीले नगरपालिकाका योजनाहरू पूरा गर्न पूर्ण प्रतिबद्धता देखाएको बर्तौला बताउँछन्। “हाम्रा कर्मचारीहरू शिक्षा, स्वास्थ्य र पूर्वाधारका योजनाहरू समयमै सम्पन्न गर्न समर्पित छन्। उनीहरूको जिम्मेवारीबोधले हाम्रा लक्ष्यहरू साकार भएका छन्,” उनले भने। कर्मचारीहरूलाई जिम्मेवार बनाउन नियमित तालिम र प्रोत्साहन कार्यक्रममार्फत टिम वर्कको वातावरण सिर्जना गरिएको छ।

सार्वजनिक खरिदमा पारदर्शिता कायम गरिएको बताउँदै आय–व्ययको विवरण नियमित सार्वजनिक गर्ने गरिएको छ । विकास निर्माणमा गुणस्तर सुनिश्चित गर्न अनुगमन र उपभोक्ता समितिलाई तालिम प्रदान गरिएको छ।

“हाम्रो लक्ष्य नागरिकको विश्वास आर्जन गर्दै बुढानिलकण्ठलाई स्मार्ट सिटी बनाउनु हो। कर्मचारी, जनप्रतिनिधि र नागरिकको सहकार्यले यो सम्भव छ,” उनले भने।

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नगर विकास योजनाअनुसार, डिजिटल नागरिक वडापत्र लागू गरिएको छ, जसले सेवाग्राहीलाई आवश्यक कागजात, समयसीमा र प्रक्रियाबारे जानकारी दिन्छ । बुढानिलकण्ठ मोबाइल एपमार्फत आय–व्यय, गुनासो व्यवस्थापन र सूचना प्रवाहलाई प्रभावकारी बनाइएको छ । न्यूज डेस्क स्टुडियो स्थापना र सामाजिक सञ्जाललाई रचनात्मक बनाउने योजनाले सूचना प्रवाहमा नयाँ आयाम थपेको छ । साथै, विद्युतीय अपराध नियन्त्रणका लागि विद्यालयस्तरदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

स्वास्थ्य सेवामा क्रान्तिकारी कदम
बुढानीलकण्ठ नगरपालिकाले स्वास्थ्य सेवालाई नागरिकमैत्री र सर्वसुलभ बनाउन महत्त्वपूर्ण पहल गरेको छ । नगर अस्पताललाई आधारभूत अस्पतालको रूपमा विकास गरी २४ घण्टा गुणस्तरीय सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। फिजियोथेरापी, बर्थिङ सेन्टर, सुरक्षित गर्भपतन, माइनर अपरेसन र विशेषज्ञसहितको ओपीडी सेवा सञ्चालनमा छन् ।

नगरपालिकाले न्यूनतम सेवा मापदण्ड अनुसार औषधि, उपकरण, ल्याब, रेडियो इमेजिङ र एम्बुलेन्सको व्यवस्था गरेको छ । एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याउँदै सामाजिक सुरक्षा कोषमार्फत भुक्तानी हुने स्वास्थ्य सेवालाई नगर अस्पतालमा एकीकृत गरेको जनाइएको छ । अस्पतालमा कम्पाउन्ड वाल, चमेना गृह, पार्किङ र पानी प्रशोधन प्लान्टजस्ता संरचनाहरू निर्माण गरिएका छन् ।

विपन्न, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र एचआईभी प्रभावितलाई सहुलियतपूर्ण उपचारको व्यवस्था छ। स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाउन समुदायस्तरमा जनचेतना अभियान सञ्चालन गरिएको छ । गर्भवती महिलालाई नि:शुल्क अल्ट्रासाउन्ड, प्रसूति झोला र रु. ३,१०० नगद सहायता प्रदान गर्ने कार्यक्रमले मातृ स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ ।
नगरपालिकाले गैरसङ्क्रामक रोगहरूको रोकथाममा जोड दिएको छ । ३०-६० वर्ष उमेर समूहका नागरिकलाई नि:शुल्क स्वास्थ्य परीक्षण र जैविक प्रतिरोसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन पालिकाले गरिरहेको छ । ज्येष्ठ नागरिकका लागि नि:शुल्क आँखा जाँच र मोतियाबिन्दु शल्यक्रिया, किशोर–किशोरीका लागि विशेष स्वास्थ्य कार्यक्रम र विभिन्न पेशामा कार्यरत श्रमिकका लागि स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

वार्षिक विकास योजनाअनुसार, डिजिटल फ्यामिली हेल्थ प्रोफाइल तयार गरिएको छ, जसले प्रत्येक परिवारको स्वास्थ्य तथ्यांक संकलन गरी नीति निर्माणमा सहयोग पुर्‍याउँछ । सामुदायिक विद्यालयहरूमा स्वस्थ खाजा कार्यक्रम, स्वास्थ्य शिक्षा कर्नर स्थापना, र लागुऔषधविरुद्ध सचेतना अभियानले जनस्वास्थ्यमा योगदान पुर्‍याएको छ । साथै, नगरपालिकाले मुख र स्तन क्यान्सरको नि:शुल्क स्क्रिनिङ शुरू गरेको छ ।

शिक्षामा गुणस्तरीय सुधार
शिक्षालाई नगरपालिकाको प्राथमिकताको केन्द्रमा राखिएको छ । “आधारभूत शिक्षा, मेरो प्राथमिकता” भन्ने नारासहित वि.सं. २०८४ सम्ममा सबै नागरिकलाई आधारभूत शिक्षा सुनिश्चित गर्ने लक्ष्य छ । सामुदायिक विद्यालयलाई अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बनाउन गुणस्तर सुधारमा जोड दिइएको छ ।

नगरपालिकाले “प्रत्येक वडा, एक पुस्तकालय” कार्यक्रममार्फत पठन संस्कृति विकास गर्ने लक्ष्य राखेको छ । नगरस्तरीय सुविधायुक्त पुस्तकालय स्थापना र अन्य ठूला पुस्तकालयहरूसँग साझेदारी गर्ने योजना पालिकाले बनाएको छ ।

विद्यालयहरूमा न्यूनतम सक्षमता (पानी, शौचालय, पुस्तकालय, खेलमैदान) सुनिश्चित गरिएको छ। “हामीले सबै विद्यालयलाई बालमैत्री घोषणा गर्ने र शिक्षक बैंकमार्फत शिक्षक आपूर्तिको समस्या समाधान गर्ने नीति लिएका छौँ,” नीति तथा कार्यक्रममा भनिएको छ। शिक्षकको मनोबल वृद्धिका लागि तालिम र प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ।

विपन्न, दलित, जनजाति, र विशेष आवश्यकता भएका विद्यार्थीका लागि विशेष छात्रवृत्ति कोष स्थापना गरिएको छ। “प्रतिभा बुढानिलकण्ठ” कार्यक्रममार्फत विद्यालयस्तरमा प्रतिभा पहिचान र विकासमा जोड दिइएको छ। वार्षिक विकास योजनाअनुसार, मातृभाषा शिक्षा, प्राविधिक शिक्षा, र अनौपचारिक शिक्षालाई प्रोत्साहन गरिएको छ। “मेरो नगरपालिका, मेरो अभिभावक” कार्यक्रममार्फत विद्यालय छोड्ने बालबालिकालाई शिक्षामा पुन: जोड्ने प्रयास भइरहेको छ। साथै, अटिजम र अन्य विशेष आवश्यकता भएका बालबालिकाका लागि “मलाई अवसर देऊ, म सिक्न सक्छु” कार्यक्रम सञ्चालन गरिएको छ।

पर्यटन र खेलकुदको सम्भावना
बुढानीलकण्ठ नगरपालिका धार्मिक र पर्यटकीय सम्भावनाले समृद्ध छ। बुढानिलकण्ठ मन्दिर, शिवपुरी राष्ट्रिय निकुञ्ज, र सांस्कृतिक सम्पदाहरूले यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाएको छ। नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि मन्दिर मर्मत, प्रचारप्रसार, र पूर्वाधार विकासमा लगानी गरेको छ।

खेलकुद क्षेत्रमा पनि नगरपालिका अग्रसर छ। योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख अजित घिमिरेले भने, “हामीले कपन बहुउद्देश्यीय ह्याण्डबल कोर्टको उद्घाटन गरिसकेका छौँ। आगामी वर्ष औद्योगिक ग्राम र कृषि प्रवद्र्धन बजार केन्द्र सञ्चालनमा ल्याउँदैछौँ।”

नगरपालिकाले कपन ह्याण्डबल, बुढानिलकण्ठ खेल मैदान, सुवर्ण शमशेर क्रिकेट मैदान, र अन्य खेल संरचनाहरूको विकास गरेको छ। “नगर मेयर कप” खेलकुद उत्सवमार्फत स्थानीय खेलाडीलाई प्रोत्साहन गरिएको छ। अपाङ्गमैत्री खेलकुद पार्क निर्माणको योजना अघि बढेको छ। वार्षिक विकास योजनाअनुसार, अन्तरराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

सामाजिक समावेशीकरण र रोजगारी
नगरपालिकाले सामाजिक समावेशीकरणलाई विशेष प्राथमिकता दिएको छ। महिला, युवा, अपाङ्गता भएका व्यक्ति, र सीमान्तकृत समुदायको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्। “स्वदेशमा पल्टौ, स्वदेशमा गरौँ” नारासहित युवाहरूको सीप विकास र रोजगारीका लागि साइकोमेट्रिक टेस्ट र तालिम कार्यक्रम सञ्चालन गरिएको छ।

रोजगार पोर्टललाई आधुनिक बनाएर रोजगारदाता र बेरोजगार युवाबीच समन्वय गरिएको छ। स्टार्टअप फण्ड र वित्तीय संस्थाहरूसँग सहकार्य गरेर उद्यमशीलता प्रवद्र्धन गरिएको छ।

महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सीप विकास र उत्पादनको बजारिकरणमा जोड दिइएको छ। बुढानिलकण्ठ युवा सम्मेलनमार्फत युवाहरूको सहभागिता र नेतृत्व विकासमा प्रोत्साहन गरिएको छ। वार्षिक विकास योजनाअनुसार, किशोरी र गृहिणी महिलालाई आत्मनिर्भर बनाउन विशेष सीप विकास कार्यक्रम सञ्चालन गरिएको छ। प्रवासबाट फर्केका युवाहरूको सीपलाई उद्यमशीलतामा उपयोग गर्ने नीति अवलम्बन गरिएको छ।

वातावरण संरक्षण र विपद् व्यवस्थापन
नगरपालिकाले वातावरण संरक्षण र विपद् व्यवस्थापनमा महत्त्वपूर्ण कदम चालेको छ। खुला आगो बाल्न प्रतिबन्ध, वृक्षरोपण, र सार्वजनिक स्थानको हरियाली प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ। प्लास्टिक झोलाको प्रयोगलाई निरुत्साहित गरी कपडा र कागजको झोला प्रयोगमा जोड दिएको छ।

विपद् व्यवस्थापनका लागि र्‍यापिड रेस्पोन्स टिम र फस्र्ट रेस्पोन्डर टिम परिचालन गरिएको छ। २४ घण्टा एम्बुलेन्स, दमकल र जेट मेसिन तयारी अवस्थामा छन्। नेपाल रेडक्रसजस्ता संस्थाहरूसँग समन्वय गरी विपद् प्रभावितलाई मनोसामाजिक उपचार र सहायता प्रदान गरिन्छ। वार्षिक विकास योजनाअनुसार, विपद् जोखिम न्यूनीकरणका लागि स्वयंसेवक र युवालाई तालिम प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिएको छ।

राजस्व र आर्थिक अनुशासन
नगरपालिकाले वैज्ञानिक र प्रगतिशील कर प्रणाली अवलम्बन गरेको छ। विद्युतीय राजस्व संकलन प्रणालीलाई प्रभावकारी बनाइएको छ। करदातालाई सहज बनाउन करदाता सहायता केन्द्र सञ्चालन गरेका छौँ। उत्कृष्ट करदातालाई पुरस्कृत पनि गरिएको छ।

आर्थिक प्रशासनमा पारदर्शिता र मितव्ययितालाई जोड दिइएको छ। आन्तरिक लेखापरीक्षणलाई स्वतन्त्र र प्रभावकारी बनाइएको छ। साथै बेरुजू न्यूनीकरण गर्न प्रभावकारी संयन्त्र बनाएका छौँ। आय–व्ययलाई नियमित सार्वजनिक गर्ने गरिएको पालिकाले जनाएको छ। वार्षिक विकास योजनाअनुसार, राजस्व छली नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको छ। प्राकृतिक स्रोत (बालुवा, ढुंगा) को अनधिकृत उत्खनन नियन्त्रण गर्न सम्भाव्यता अध्ययन शुरू गरिएको छ।

पूर्वाधार विकास र कृषि प्रवद्र्धन
बुढानीलकण्ठ नगरपालिकाले पूर्वाधार विकासमा उल्लेख्य प्रगति गरेको छ। योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख अजित घिमिरेले भने, “हामीले कपन बसपार्क र कृषि प्रवद्र्धन बजार केन्द्रलाई प्राथमिकतामा राखेका छौँ। आगामी वर्ष औद्योगिक ग्राम स्थापना गर्ने योजना छ ।”

वार्षिक विकास योजनाअनुसार, सडक, पुल, र सार्वजनिक भवन निर्माणमा स्वास्थ्य जोखिम नहुने नीति अवलम्बन गरिएको छ। उपभोक्ता समितिमार्फत हुने निर्माण कार्यमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न तालिम र अनुगमनलाई जोड दिइएको छ।

कृषि क्षेत्रमा व्यावसायिकरण र बजारिकरणलाई प्राथमिकता दिइएको छ। कृषि प्रवद्र्धन बजार केन्द्रको निर्माण अन्तिम चरणमा छ। उत्पादन वृद्धि, बजारीकरण, र व्यवसायीकरणका लागि किसानलाई तालिम र प्रविधि हस्तान्तरण गरिएको छ।

सार्वजनिक जग्गा संरक्षण र सुशासन
नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकता दिएको छ। चार रोपनीभन्दा माथिका सार्वजनिक जग्गाको नापजाँच र अभिलेखीकरण गरिएको छ। अतिक्रमण भएका संरचनाको प्रतिवेदन तयार गरी संरक्षणका लागि तारबार र सूचना पाटी राख्ने काम भइरहेको छ। वार्षिक विकास योजनाअनुसार, सार्वजनिक जग्गामा पार्क र अन्य संरचना निर्माण गर्ने योजना छ।

सुशासनका लागि न्यायिक समितिलाई प्रभावकारी बनाइएको छ। मेलमिलाप पद्धतिलाई वडा तहसम्म विस्तार गरी विवादको दिगो समाधानमा जोड दिइएको छ। मेलमिलापकर्तालाई तालिम र कार्यविधि प्रदान गरेका छौँ। न्यायिक निर्णयको अभिलेख प्रकाशन गरेर पारदर्शिता कायम गरिएको छ ।

नागरिकको साथ र भविष्यको योजना
बुढानीलकण्ठ नगरपालिकाले नीति तथा कार्यक्रम तर्जुमा गर्दा नागरिक, जनप्रतिनिधि, र सरोकारवालाहरूको सहभागिता सुनिश्चित गरेको छ। नगरप्रमुख, उपप्रमुख, र कर्मचारीहरूको समन्वयले सेवा प्रवाह र विकास निर्माणमा सकारात्मक प्रभाव परेको छ।

नगरपालिकाले अन्तरपालिका सहकार्य, अन्तरराष्ट्रिय स्थानीय तहहरूसँग मित्रवत सम्बन्ध, र अनुसन्धानमा आधारित नीति निर्माणलाई प्राथमिकता दिएको छ। “हामी बुढानिलकण्ठलाई हरियाली, समृद्ध, र प्रविधिमैत्री सहर बनाउने संकल्पमा छौँ। यो यात्रामा सबै नगरवासीको साथ अपरिहार्य छ,” प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले भने।

बुढानीलकण्ठ नगरपालिका सुशासन, प्रविधि, र समावेशी विकासको सन्तुलित मिश्रणका साथ अघि बढिरहेको छ। नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्दै जीवनस्तरमा गुणस्तरीय सुधार ल्याउने यो नगरपालिकाको प्रयासले स्थानीय तहको नेतृत्वमा नयाँ आयाम थपेको छ ।

बुढानिलकण्ठको समृद्धिको मार्गमा नगर प्रमुख मिठारामको दृष्टिकोण
बुढानीलकण्ठ नगरपालिकालाई समुन्नत र समृद्ध बनाउने अभियानमा नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । उनको दृष्टिकोण र प्रतिबद्धताले नगरपालिकालाई सुशासन, प्रविधिमैत्री सेवा र दिगो विकासको मार्गमा अघि बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, फोहोरमैला व्यवस्थापन र खानेपानीजस्ता क्षेत्रमा केन्द्रित रहेर नगरपालिकाले उल्लेखनीय प्रगति हासिल गरेको छ । नगर प्रमुख अधिकारीको भनाइमा, यी क्षेत्रहरूमा समन्वय, सहकार्य र नागरिकको सक्रिय सहभागिताले बुढानिलकण्ठलाई समृद्धिको नयाँ उचाइमा पुर्‍याइरहेको छ ।

नगर प्रमुख मिठाराम अधिकारीले बुढानिलकण्ठलाई समुन्नत नगरपालिका बनाउने लक्ष्यसहित शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेका छन् । “हामीले शिक्षा र स्वास्थ्यलाई आधारभूत आवश्यकताको रूपमा लिएका छौँ । यी क्षेत्रमा गुणस्तरीय सुधार ल्याएर नागरिकको जीवनस्तर उकास्न प्रतिबद्ध छौँ,” उनले भने । भौतिक पूर्वाधारको विकासमा नगरपालिकाले उल्लेख्य प्रगति गरेको छ, जसमा सडक, पुल र सार्वजनिक भवन निर्माणमा ८५ प्रतिशत कार्य सम्पन्न भइसकेको नगर प्रमुख अधिकारीले प्रशासनलाई जानकारी दिए । यो प्रगतिले नगरपालिकाको पहुँच र सुविधालाई विस्तार गरेको छ, जसले स्थानीयको दैनिक जीवनलाई सहज बनाएको छ ।

अबको ध्यान शिक्षा र स्वास्थ्य सेवाको थप सुदृढीकरणमा केन्द्रित रहने उनको भनाई छ । “हामीले सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारलाई प्रोत्साहन गरेका छौँ । स्वास्थ्य क्षेत्रमा नगर अस्पताललाई २४ घण्टा सेवा प्रदान गर्ने आधारभूत अस्पतालको रूपमा विकास गरेका छौँ,” अधिकारीले बताए ।

फोहोरमैला व्यवस्थापन र खानेपानी आपूर्तिलाई पनि प्राथमिकतामा राखिएको छ । “हामीले फोहोरमैला व्यवस्थापनलाई वैज्ञानिक र दिगो बनाउन प्रयास गरिरहेका छौँ । प्लास्टिक झोलाको प्रयोगलाई निरुत्साहित गर्दै कपडा र कागजको झोला प्रयोगमा जोड दिएका छौँ,” उनले भने । खानेपानीको शुद्धता र नियमित आपूर्तिका लागि स्रोत संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। यी क्षेत्रमा भएका प्रयासहरूले बुढानिलकण्ठलाई स्वच्छ र हरियाली सहर बनाउने नगरपालिकाको दीर्घकालीन सोचलाई बल पुर्‍याएको छ।

जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय : नगरपालिकाको विकास योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय अपरिहार्य छ। नगर प्रमुख अधिकारीले यो समन्वयलाई आफ्नो नेतृत्वको बलियो पक्षको रूपमा उल्लेख गरे। “जनप्रतिनिधि र कर्मचारीहरूबीच उत्कृष्ट समन्वय छ। कर्मचारीहरूले योजनाहरू कार्यान्वयन गर्न निकै राम्रो सघाउ पुर्‍याएका छन्,” उनले भने। यो समन्वयले नीति निर्माणदेखि कार्यान्वयनसम्मका प्रक्रियालाई सहज र पारदर्शी बनाएको छ।

कर्मचारीहरूको सहयोगले नगर प्रमुखलाई आफ्ना योजनाहरू अघि बढाउन सजिलो भएको छ। “मलाई कर्मचारीहरूबाट सधैँ सकारात्मक सहयोग प्राप्त भएको छ। उनीहरूको समर्पण र जिम्मेवारीबोधले हाम्रा योजनाहरू समयमै सम्पन्न भएका छन्,” उनले थपे। बुढानीलकण्ठ नगरपालिकामा कर्मचारी र राजनीतिक नेतृत्वबीचको सौहार्दपूर्ण सम्बन्धले सुशासनको आधार बलियो बनाएको छ। उदाहरणका लागि, एकल सेवा केन्द्रको स्थापना, डिजिटल नागरिक वडापत्र, र बुढानिलकण्ठ मोबाइल एपजस्ता प्रविधिमैत्री पहलहरू कर्मचारीहरूको सक्रियताले सम्भव भएको अधिकारीको भनाइ छ।

संघीय सरकार र स्थानीय जनप्रतिनिधिको सहयोग : बुढानीलकण्ठ नगरपालिकाले सङ्घीय सरकारबाट पनि महत्त्वपूर्ण सहयोग प्राप्त गरिरहेको छ । “संघीय सरकारबाट पनि हामीले राम्रो सहयोग पाएका छौँ,” अधिकारीले भने । यद्यपि, नगरपालिकालाई सङ्घले प्रदान गर्ने समानुपातिक बजेटमा केही कटौती भएको उनले उल्लेख गरे । “नगरपालिका वर्गीकरणका क्रममा समानुपातिक बजेटमा कटौती भएको छ, जसले हाम्रा केही योजनाहरूलाई प्रभावित गरेको छ । तैपनि, हामी उपलब्ध स्रोतको अधिकतम उपयोग गरेर अघि बढिरहेका छौँ,” उनले थपे ।

स्थानीय जनप्रतिनिधिहरूको सहयोगले पनि नगर प्रमुखको नेतृत्वलाई बल पुर्‍याएको छ । “मेरो नेतृत्वमा स्थानीय जनप्रतिनिधिहरूले सधैँ सकारात्मक सहयोग गरेका छन् । सामान्य असमझदारीहरू त जहाँ पनि हुन सक्छन्, तर समग्रमा मलाई राम्रो साथ प्राप्त भएको छ,” उनले भने । वडा तहका जनप्रतिनिधिहरूसँगको नियमित छलफल र सहकार्यले नीति निर्माण र कार्यान्वयनमा एकरूपता कायम भएको छ । उदाहरणका लागि, “प्रत्येक वडा, एक पुस्तकालय” र “नगर मेयर कप” जस्ता कार्यक्रमहरू वडा तहको सक्रिय सहभागिताले सफल भएका छन् ।

नगर प्रमुख मिठाराम अधिकारीले बुढानिलकण्ठका नगरवासीबाट प्राप्त सकारात्मक सहयोगलाई आफ्नो नेतृत्वको सबैभन्दा ठूलो सम्पत्तिको रूपमा लिएका छन् । “नगरवासीहरू मसँग खुसी छन् । उनीहरूको माग भनेको नगरप्रमुख उनीहरूले चाहेको बेला उपलब्ध होस् भन्ने हो । म उनीहरूको घर–घरमा पुग्ने गरेको छु, जसले हाम्रो सम्बन्धलाई थप प्रगाढ बनाएको छ,” उनले भने ।
नगरवासीको सक्रिय सहभागिताले नगरपालिकाका योजनाहरूलाई प्रभावकारी बनाएको नगर प्रमख अधिकारीको भनाई छ । “नागरिकहरूले हाम्रा योजनाहरूलाई स्वामित्व लिएर सहयोग गरेका छन् । उनीहरूको सुझाव र गुनासोलाई हामीले ‘हेल्लो बुढानिलकण्ठ डेस्क’ मार्फत तत्काल सम्बोधन गर्छौँ,” अधिकारीले बताए । वृक्षरोपण, फोहोरमैला व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षणजस्ता अभियानमा नागरिकको उत्साहजनक सहभागिताले सकारात्मक परिणाम ल्याएको छ ।

नगर प्रमुखले नागरिकको विश्वास जित्न आफ्नो पहुँच र उपलब्धतालाई प्राथमिकता दिएका छन् । “नगरवासीले मलाई जुनसुकै समयमा भेट्न सक्छन् । म उनीहरूको समस्या सुन्न र समाधान गर्न सधैँ तयार छु,” उनले भने । यो पहुँचले नागरिक र नेतृत्वबीचको दूरी घटाएको छ, जसले सुशासन र जवाफदेहितालाई बलियो बनाएको छ ।

नगर प्रमुख अधिकारीले बुढानिलकण्ठको विकासमा केही चुनौतीहरू रहेको स्वीकार गरे । “बजेट कटौती र स्रोतको सीमितताले हाम्रा केही महत्वाकांक्षी योजनाहरूलाई प्रभावित गरेको छ । तर, हामीले वैकल्पिक स्रोतको खोजी र संघ–प्रदेश सरकारसँग समन्वय गरेर यी चुनौतीहरूको सामना गरिरहेका छौँ,” उनले भने ।

भविष्यमा बुढानिलकण्ठलाई हरियाली, समृद्ध, र प्रविधिमैत्री सहर बनाउने उनको दृष्टिकोण छ । “हामी स्मार्ट सिटीको अवधारणालाई साकार पार्न चाहन्छौँ । डिजिटल सेवा, हरियाली प्रवद्र्धन र पर्यटन विकासमार्फत बुढानिलकण्ठलाई देशकै नमुना नगरपालिका बनाउने हाम्रो लक्ष्य छ,” उनले बताए । औद्योगिक ग्राम, कृषि बजार केन्द्र र अपाङ्गमैत्री खेलकुद पार्कजस्ता योजनाहरूले यो दृष्टिकोणलाई मूर्त रूप दिनेछन् ।

नगर प्रमुख अधिकारीले नगरवासीको साथले आफूलाई थप जिम्मेवारीबोध भएको बताए । “नागरिकको विश्वास र सहयोगले मलाई अझ राम्रो काम गर्न प्रेरित गरेको छ । हामी सबै मिलेर बुढानिलकण्ठलाई समृद्धिको नयाँ उचाइमा पुर्‍याउनेछौँ,” उनले भने ।