२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री शाहको दाबी-‘प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छ’

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षको  बजेटलाई बढीभन्दा बढी प्रभावकारी बनाउन प्रदेश सरकार लागेको बताएका छन् ।

आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । 

मुख्यमन्त्री शाहले विशेष गरी भ्रष्टाचारका विषयमा प्रश्न नउठ्ने मान्यताका आधारमा बजेट निर्माणमा जुटेको उल्लेख गरे । 

उनले बजेट निर्माणका क्रममा गलत मनसाय र उद्देश्यले संवाद गर्नेलाई कानुनी कारबाही गरिने बताए । शून्य सहनशीलताको नीति लिएको प्रदेश सरकारलाई यस्ता किसिमको वातावरण क्षम्य नहुने उनको भनाइ छ । 

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी सुशासन, जनमुखी र जनउत्तरदायी शासन प्रणालीमार्फत विकास र समृद्धिप्रति दृढ प्रतिबद्धता व्यक्त गरे। 

प्रदेशको समग्र विकास, समृद्धि, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, योजना छनोट तथा बजेट विनियोजनका सन्दर्भमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले घोषणा गरेका चार बुँदे प्रतिबद्धतालाई यस आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत सोही बुँदालाई निरन्तरता दिई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रदेश सरकारले कार्यान्वयन गर्ने योजना तथा कार्यक्रमका लागि न्यूनतम रु २५ लाखभन्दा माथिको बजेट सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, यदि २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने अवस्था आएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारले व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी वा सहकारी संस्थालाई तोकेर बजेट विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगरिने विषय रहेको रहेको उनको भनाइ छ ।