२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिजिट भिसा प्रकरणमा अध्यागमनका ९ अधिकृतसहित १७ जनालाई सफाइ, ३ बिचौलियालाई सजाय

अ+ अ-

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले भिजिट भिसा सेटिङमा नक्कली कागजात बनाएर विदेश पठाएको आरोपमा मुद्दा दायर भएका अध्यागमन कार्यालयका ९ अधिकृतसहित १७ जनालाई सफाइ दिएको छ । यद्यपि, तीन जना बिचौलियालाई भने कसुर ठहर गर्दै सजाय तोकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराधसम्बन्धी कसूरमा मुद्दा दायर गरेको थियो । न्यायाधीश रामप्रसाद शर्माको एकल इजलासले गीता शाह, अरुण दाहाल र सरोज कुमार यादवलाई दोषी ठहर गर्दै बाँकी १७ जनालाई सफाइ दिएको हो ।

अदालतले नक्कली प्रहरी रिपोर्ट र श्रम स्वीकृतिसम्बन्धी कागजात कीर्ते गरेको अभियोग शाह, दाहाल र यादवको हकमा पुष्टि भएको ठहर गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २७६(१)(२) बमोजिम शाह र दाहाललाई जनही ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ । यस्तै, दफा २७६(१)(२) र ३६(१)(ख) बमोजिम यादवलाई ४ महिना कैद र १४ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । अपराध पीडित संरक्षण ऐन, २०७४ को दफा ४१ बमोजिम शाह र दाहालबाट जनही ८०० रुपैयाँ र यादवबाट ५०० रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्न आदेश दिइएको छ ।

गीता शाह: २०८० माघ २३ मा ५ लाख धरौटीमा छुटेकी शाहको न्यायिक हिरासतको अवधि (२ महिना ७ दिन) कट्टा गरी बाँकी ३ महिना २३ दिन कैद र २० हजार रुपैयाँ जरिवाना असुल गर्न आदेश भएको छ ।

अरुण दाहाल: २०८० मंसिर १७ देखि माघ २३ सम्म थुनामा बसेकाले बाँकी जरिवाना २० हजार र ८०० रुपैयाँ पीडित राहत कोषमा दाखिला गरी थुनामुक्त गर्न आदेश भएको छ ।

सरोज कुमार यादव: ७ लाख धरौटीमा तारेखमा रहेका यादवको हिरासत अवधि (४ महिना १९ दिन) कट्टा गरी बाँकी ९,३०० रुपैयाँ जरिवाना र ५०० रुपैयाँ पीडित राहत कोषमा असुल गर्न आदेशमा उल्लेख छ ।

यिनले पाए सफाई
सफाइ पाउनेहरूमा अध्यागमन अधिकृतहरू नरवीर खड्का, तारा बहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु प्रसाद आचार्य, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागो लिम्बू छन् । यस्तै, पदम लामा, मनोज तामाङ, रामप्रसाद भण्डारी, दिनेश ज्ञवाली, रवीन्द्र अर्याल, विनोद कार्की, केदार खड्का र कौशिला मगरले पनि सफाइ पाएका छन् ।

यस्ता छन् सफाइका आधार
इन्कारी बयान र प्रमाणको अभाव: रामप्रसाद भण्डारी, दिनेश ज्ञवाली, रवीन्द्र अर्याल, विनोद कार्की र केदार खड्काले कागजात कीर्ते गरेको पुष्टि हुने वस्तुनिष्ठ प्रमाण नभेटिएको भनेको छ । कौशिला मगर र लक्ष्मी राईको साथबाट बरामद प्रहरी रिपोर्ट र श्रम स्वीकृतिको सक्कल कागजात यी प्रतिवादीहरूको साथबाट फेला नपरेको र उनीहरूले बनाएको भन्ने अन्य प्रतिवादीको बयान नभएको उल्लेख छ ।

अधिकृतहरूको संलग्नता अपुष्ट: नरवीर खड्काले अनुसन्धानमा विमानस्थलमा भिसा सहजीकरणको लागि समिति रहेको र त्यसमा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु प्रसाद आचार्य, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागो लिम्बू संलग्न रहेको बयान दिए पनि रकम लेनदेनको स्पष्ट प्रमाण नभेटिएको उल्लेख छ । अधिकृतहरूले सरकारी काममा रकम लिएको भए त्यसलाई सेवा सञ्चालनसम्बन्धी कानुनअनुसार छुट्टै छानबिन गर्नुपर्ने, तर यो मुद्दाको दायराभन्दा बाहिर रहेको ठहर गरेको छ ।

कौशिला मगरको हकमा: उनले स्वयंले कागजात बनाएको भन्ने पुष्टि नभएको र अन्य प्रतिवादीले उनको संलग्नता पुष्टि नगरेको उल्लेख छ ।

अदालतको टिप्पणी
अदालतले सरकारी कर्मचारीले कानुन विपरीत काम गरेको भए त्यसको छानबिन सेवा सञ्चालनसम्बन्धी कानुनअनुसार हुनुपर्ने र यो मुद्दा लिखत कीर्तेको न्याय निरोपणमा सीमित रहेको उल्लेख गरेको छ । फैसलाले संगठित अपराध निवारण ऐन, २०७० को कसुर पुष्टि नभएको ठहर गरेको छ ।

यो फैसलाविरुद्ध ७० दिनभित्र उच्च अदालत पाटनमा पुनरावेदन गर्न सकिने अदालतले जनाएको छ ।

घटनाको पृष्ठभूमि
२०८० कात्तिक १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा कुवेत जाँदै गरेको अवस्थामा कौशिला मगर र लक्ष्मी राई पक्राउ परे । गीता शाह र अरुण दाहालमार्फत विदेश जान विभिन्न नक्कली श्रम स्वीकृति, प्रहरी रिपोर्ट बनाएर ट्राभल एजेन्सी सरोजकुमार यादवले विमानस्थलका अधिकृतसहितका कर्मचारीहरूसँग सेटिङ मिलाएर भिजिट भिसामा विभिन्न देशमा मानव तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । 

भिजिट भिसा सेटिङमा अध्यागमनका अधिकृतहरू नरवीर खड्का, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागोको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको थियो ।

सेटिङमा विदेश जान लागेका ती दुई महिलाले गीता शाह र अरुण दाहालले नक्कली कागजात बनाएको महिलाको हकमा ५० हजार र पुरुषको हकमा १८ हजार रुपैयाँ लिने गरेको र विदेश उड्नका लागि ८ देखि १० लाख रुपैयाँ दिइसकेको बयान गरेका थिए । ट्राभल एजेन्ट सरोजकुमार यादवले सोमध्ये केही रकम अध्यागमन कार्यालयमा बुझाउँछु भनेको बयान दिएका थिए । त्यस क्रममा दाहालको अनलाइन सेवा अफिस कोठा खानतलासी गर्दा विभिन्न व्यक्तिको नामको राहदानी, नागरिकता र उनीहरूले प्रयोग गर्ने मोबाइल तथा अनलाइन अफिसमा जडान गरिएका ल्याप्टपसहित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जना बिचौलियालाई नियन्त्रणमा लिएको थियो । 

ट्राभल एजेन्ट यादवको झोलाबाट विभिन्न व्यक्तिहरूको नामको १७ थान राहदानी, राहदानीको फोटोकपी, एक प्रहरी रिपोर्ट, विभिन्न बैंकमा जम्मा गरिएका भौचरहरू, विभिन्न व्यक्तिको मेडिकल रिपोर्टलगायत कागजातहरू बरामद भएका थिए । 

यादवले भिजिट भिसामा व्यक्तिहरूको टिकट काट्ने र विमानस्थलभित्रको सम्पूर्ण प्रक्रिया आफूले मिलाउने गरेको तथा अध्यागमनका अधिकृतहरू नरवीर खड्कासहित ९ लाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ दिने गरेको बताएका थिए । 

यादवले पोल खोलेपछि काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले अधिकृत खड्कालाई पक्राउ गरी खोजतलास गरेको थियो । त्यस क्रममा खड्काको साथबाट २ लाख रुपैयाँ, केही थान युएई दिराम, अमेरिकी डलर, भारतीय रुपैयाँ र एक थान एटिएम कार्ड फेला परेको थियो भने सेल्स अर्डर लेखिएको कागजातहरू पनि फेला परेको थियो ।

खड्काको बयानबाट अन्य बिचौलियाहरू लालबहादुर भगत, मनोज लामा तामाङ, पदम लामा, प्रकाश चौधरीको पनि संलग्नता खुलेको थियो । अनुसन्धानकै क्रममा त्यसअघि पनि विभिन्न नक्कली कागजात बनाएर व्यक्तिहरूलाई सेटिङमा विदेश पठाएको खुलेको थियो ।