११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पद्वारा युरोपेली वस्तुहरूमा ५० प्रतिशत भन्सार कर लगाउने चेतावनीप्रति युरोपेली संघको गम्भीर आपत्ति

अ+ अ-

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युरोपेली संघका सामानहरूमा ५० प्रतिशत भन्सार कर लगाउने प्रस्ताव ल्याइएपछि युरोपेली संघ तथा त्यसका सदस्य राष्ट्रहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यस्तो प्रकारको दबावले दुई पक्षबीचको व्यापार सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत युरोपेली संघले व्यापारमा अमेरिकामाथि अनुचित लाभ उठाएको आरोप लगाउँदै सन् २०२५ जुन १ बाट लागू हुने गरी ५० प्रतिशत भन्सार कर सिफारिस गरिएको बताएका थिए । 

वर्तमान अवस्थामा दुवै पक्षबीच व्यापारसम्बन्धी वार्ता निष्क्रिय अवस्थामा रहेको छ। अमेरिकाले युरोपेली बजारमा अमेरिकी व्यवसायका लागि खुलापन माग गरिरहेको छ भने युरोपेली संघले आपसी हितमा आधारित सम्झौताको पक्ष लिँदै आएको छ।

युरोपेली आयोगका व्यापार तथा आर्थिक सुरक्षा सम्बन्धी आयुक्त मारोस सेफ्चोभिकले सामाजिक सञ्जालमा लेख्दै युरोपेली संघ आफ्ना स्वार्थको संरक्षण गर्न पूर्ण रूपमा तयार रहेको बताए । 

उनले लेखे, “दुई देशबीचको व्यापार आपसी सम्मानमा आधारित हुनुपर्छ, न कि धम्की र दबाबमा। हामी दुवै पक्षका लागि लाभदायक सम्झौता गर्न इमान्दार प्रयत्न गरिरहेका छौं।”

युरोपेली संसदको अन्तर्राष्ट्रिय व्यापार समितिका अध्यक्ष बर्न्ड लांगेले भने, “हामी छिट्टै अमेरिकाको भ्रमणमा जाँदैछौं, जसबाट युरोपेली संघको व्यापार नीति सम्बन्धमा भएका केही भ्रमहरू हटाउन सकिनेछ।”

उनले थप भने, “यदि राष्ट्रपति ट्रम्प वार्ता र सहकार्य चाहनुहुन्छ भने युरोप सधैँ तयार छ। तर यदि उहाँ केवल आफ्नो चाहनालाई हामीबाट अनुमोदन गराउन चाहनुहुन्छ भने, त्यो मार्ग उपयुक्त हुने छैन।”

आयरल्याण्डका प्रधानमन्त्री मिचेल मार्टिनले ट्रम्पको घोषणालाई अत्यन्त निराशाजनक भनेका छन्। उनले यस्तो किसिमको करले विश्वकै एक प्रमुख व्यापारिक सम्बन्धमा गम्भीर क्षति पुर्‍याउने र अन्तर्राष्ट्रिय बजारमा अस्थिरता ल्याउने चेतावनी दिए । 

फ्रान्सका वैदेशिक व्यापार सम्बन्धी राज्यमन्त्री लोरेन्ट सैंट–मार्टिनले समेत ट्रम्पको चेतावनी वार्ताको यो चरणमा सहयोगी नहुने भन्दै टिप्पणी गरे ।  उनले युरोपेली संघले द्वन्द्व चर्काउने प्रयास नगर्ने स्पष्ट पार्दै आवश्यक परे उचित प्रतिकारात्मक उपायहरू अवलम्बन गरिने बताए।

जर्मनीकी अर्थ तथा ऊर्जा मन्त्री काथरिना राइखले भने, “भन्सार करको झगडाले कसैको पनि जित हुँदैन। यस्तो कदमले अमेरिका र युरोप दुवैलाई समान रूपमा हानि पुर्‍याउँछ।”

प्रतिक्रिया दिनुहोस