काठमाडौँ । महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेको धुलिखेल नगरपालिका-२ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ, नुवाकोटको तारकेश्वर गाउँपालिका-४ का २१ वर्षीय सुरेन्द्र अछामी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-४ घर भएका विजय आले मगर रहेका छन् ।
उनीहरूलाई प्रहरी कार्यालय वृत्त कालीमाटीको टोलीले पक्राउ गरेको हो । उनीहरूको साथमा १ हजार ६७ क्याप्सुल, १९ हजार ५ सय रुपैयाँ र ६ थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद दिएर अनुसन्धान गरिरहेको छ ।