धनकुटा । साँगुरीगढी गाउँपालिका-५ ओख्रेबाट अवैध लागू औषध गाँजा ८ सय ९० किलोग्राम र मोबाइल ४ थानसहित एक जनालाई पक्राउ गरिएको छ ।
साँगुरीगढी गाउँपालिकाकै-२ बुढी मोरङ बस्ने १८ वर्षीय किशोरलाई गए राति जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
बुढी मोरङबाट मोरङको केराबारीतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५२३८ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा २९ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले हाल फरार पिकअप चालकको खोजी गर्नुका साथै पक्राउ परेकालाई आवश्यक अनुसन्धान गरिरहेको छ ।