९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भिजिट भिसा वैदेशिक रोजगार विभाग तथा श्रम मन्त्रालयको सरोकारको विषय होइन’: महानिर्देशक भट्टराई

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भ्रमण भिसामा विदेश जाने विषय श्रम मन्त्रालय र यसअन्तर्गतका निकायहरूको क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारेका छन्।

शुक्रबार विभागमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानिर्देशक भट्टराईले भ्रमण भिसा लिएर विदेश जाने व्यक्तिहरूसँग मन्त्रालय वा मातहतका निकायको कुनै सम्बन्ध नरहने बताए। उनले भने, “भ्रमण भिसा अध्यागमन विभागको क्षेत्राधिकारभित्र पर्छ। हाम्रो मन्त्रालय र विभागको सरोकार केवल श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने कामदारहरूसँग मात्र हुन्छ।”

महानिर्देशक भट्टराईले श्रम स्वीकृति प्रक्रियालाई सहज, छिटो र प्रभावकारी बनाउन विभागले तीव्र रूपमा काम गरिरहेको जानकारी दिए। उनले भने, “वैदेशिक रोजगारमा जाने कामदारले आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका छौँ। यो प्रक्रियालाई अझ चुस्त बनाउन प्रयासरत छौँ। यसले बिचौलियाहरूको सञ्जाल तोड्न सहयोग पुर्‍याउँछ। हामी समग्र सुधारका लागि निरन्तर काम गरिरहेका छौँ।”

सञ्चारकर्मीले कोरियासम्बन्धी भिसाबारे सोधेको प्रश्नमा भट्टराईले इ–९ र इ–७ भिसाबारे स्पष्ट पार्दै यी दुई फरक प्रकृतिका भिसा भएको बताए। उनले भने, “इ–९ र इ–७ भिसाबारे कतिपयमा अन्योल देखिएको छ। यी दुवै भिसा फरक–फरक उद्देश्यका लागि हुन्। इ–९ भिसा कोरिया सरकारको श्रम तथा रोजगारी मन्त्रालयले जारी गर्छ भने इ–७ भिसा कोरियाकै न्याय मन्त्रालयले जारी गर्छ। यी दुवै भिसामार्फत कोरिया जाने अवसर प्राप्त हुन्छ। हालै कोरियाबाट आएका प्रतिनिधिसँग हामीले गम्भीर छलफल गरेका छौँ।”

महानिर्देशक भट्टराईले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै सुधारका प्रयासहरूले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस