८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

अ+ अ-

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर) नामक पाठ्यपुस्तक तयार गरी २० वटै सामुदायिक विद्यालयमा पठनपाठन गराउन सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवका अनुसार एक सय पूर्णांकसम्मको स्थानीय भाषामा पाठ्यपुस्तक तयार गरेर पढाउन पाइने प्रावधानअनुसार पाठ्यपुस्तक तयार गरी लागू गरिएको हो । आगामी वर्षको शैक्षिक सत्रदेखि कक्षा ६ सम्म स्थानीय भाषाको पाठ्यक्रम तयार गरी कार्यान्वयन गरिने उनले जानकारी दिए ।

अध्यक्ष यादवले भने, “अहिले कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यपुस्तक लागू गरेका छौँ । संविधान अनुसार मौलिक भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्ने दायित्व स्थानीय तहको भएकाले सोहीअनरुप काम गरिएको हो । आगामी शैक्षिक सत्र २०८३ मा कक्षा ६ मा पनि मातृभाषामा पठनपाठन गराउने योजना अनुरूप पाठ्यपुस्तक छपाइको तयारी गरिएको छ ।”

पाठ्यपुस्तकमा नवराजपुर गाउँपालिकाको भूगोल, संस्कृति, परम्परा, जनजीवन, प्राकृतिक सम्पदा, पर्यटन, कृषि, पशुपालन, स्थानीय घरेलु प्रविधिलगायत विषयवस्तु समावेश गरिएका अध्यक्ष यादवले जानकारी दिए । पछिल्लो समय बालबालिकालाई सहर बजार लगेर पढाउने प्रचलन बढेपछि स्थानीय भाषा र संस्कृति संकटमा पर्न सक्ने भएकाले त्यसको संरक्षणका लागि माटो सुहाउँदो पाठ्यपुस्तक बनाएर विद्यालयमा पढाउन थालिएको उनको भनाइ छ ।

अङ्ग्रेजी भाषाको मोहका कारण स्थानीय भाषा संकटमा परिरहेको अवस्थामा गाउँपालिकाले मातृभाषामा पाठ्यक्रम निर्माण गरी पठनपाठन सुरु गर्नु प्रशंसनीय रहेको मैथिली साहित्य परिषद् सिरहाका संयोजक रामरिझन यादवले बताए । अन्य स्थानीय तहले पनि आफ्नो भाषा, कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा यस्तो कार्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस