काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका-३२ लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा परी थप ८ जना घाइते भएका छन् । थप विवरण आउन बाँकी छ ।