काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयका शौचालयबाट उत्पादन हुने फोहोर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ ।
दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको महानगरको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।
विभागका अनुसार यो नमुना योजनाको रूपमा सञ्चालनमा ल्याइएको हो ।
बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहोर पानी प्रशोधन हुन्छ । यसको लागत करिब २० लाख रुपैयाँ हो ।