काठमाडौँ। नेपाल भ्रमणमा रहेका मलेसियाका सांसदहरूसँग नेपालका सांसदहरूले अनुभव साट्दै छन् । यस निम्ति संसदीय समितिले औपचारिक बैठक राखेको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक मंगलबार बिहान ११ बजे बस्दै छ ।
सिंहदरवार स्थित उक्त समितिको सभाकक्षमा बस्ने बैठकमा ‘मलेसियाका सांसदसँग संसदीय प्रक्रियाको बारे अनुभव आदानप्रदान’ गर्ने कार्यसूची छ ।
नेपाल भ्रमणमा आउने विदेशी सांसदहरूसँग अनुभव आदानप्रदान गर्ने अभ्यास रहेको संसद सचिवालयका अधिकारीहरू बताउँछन् ।
यस अन्तर्गत मंगलबार संसदीय समितिले नेपाल भ्रमणमा रहेका मलेसियाका सांसदहरूसँग छलफल गर्न लागेको हो ।