काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न तीन दिनको म्याद थप गरेको हो।
वडाध्यक्ष पराजुलीलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले ढिकिडाँडाबाट पक्राउ गरेको हो । उनीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।