काठमाडौँ । चीनका लागि भारतीय राजदूत प्रदीपकुमार रावत काठमाडौँ आइपुगेका छन् ।
बिहीबार सिचुआन एयरलाइन्सको विमानमार्फत उनी काठमाडौँ आएका हुन् ।
उनी चीनको छेन्दु विमानस्थल हुँदै काठमाडौँ आएको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतले भने रावतको नेपाल भ्रमण विशुद्ध व्यक्तिगत घुमघामको उद्देश्यले भएको बताएको छ ।