बुद्ध मूर्ति अनावरण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बुद्ध मूर्ति अनावरण


१७ बैशाख २०७५, सोमबार


काठमाडौ । बुद्ध जयन्तीका अवसरमा रक्षामन्त्री ईश्वर पोखरेलले बूढानीलकण्ठस्थित पासीकोटमा आज बुद्ध मूर्ति अनावरणसँगै प्राणप्रतिष्ठा गरेका छन् ।

‘जनस्तरमा संगठित गरेर पनि विकासको काम अघि बढाउन सकिन्छ भन्ने कुराको प्रमाण तपार्इंहरुले बुद्ध मूर्ति निर्माण गरेर प्रस्तुत गरेका छौ’, मन्त्री पोखरेलले भने, ‘राम्रा काम गर्ने सरकारको नै मुख ताक्नुपर्छ भन्ने छैन, यस्ता राम्रा कामले निरन्तरता पाउनुपर्छ ।’

सरकारको ध्यान आर्थिक विकास, समृद्धि र सुशासनमा केन्द्रित रहेको भन्दै मन्त्री पोखरेलले संविधानले निर्दिष्ट गरेका व्यवस्थाबमोजिम नै अबदेखि विकास र योजना तय हुने बताए । रासस

प्रतिक्रिया दिनुहोस