११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्थिरता निम्त्याउन खोज्नेविरुद्ध निर्मम हुन गृहमन्त्रीको निर्देशन

अ+ अ-

बुटवल । गृहमन्त्री रामबहादुर थापाले अस्थिरता निम्त्याउन खोज्ने तत्वहरुलाई निस्तेज पार्ने गरी काम गर्न कर्मचारी तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रदेश नं. ५ अन्तर्गत प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै देशमा अस्थिरता निम्त्याउन खोज्नेविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिँदै गृहमन्त्री थापाले भने, ‘समस्याको व्याख्या गर्ने होइन, त्यसविरुद्ध एक्सन गर्नुहोस् ।’

उनले धर्म, विभिन्न जातजाति र बादका नाममा अस्थिरता निम्त्याउने प्रयत्न भइरहेकाले यस्ता क्रियाकलापको सूक्ष्म रुपले अध्ययन गरेर कारवाही बढाउन आवश्यक रहेको बताए ।

उनले सर्वोच्च अदालतले २०६७ सालमै एकाधिकार खारेज गर्न सरकारलाई आदेश दिए पनि कार्यान्वयन नगरेकाले वर्तमान सरकारले सोही फैसलालाई मात्र कार्यान्वयन गर्न लागेको स्पष्ट पारे । गृहमन्त्री थापाले प्रदेश ५ का सीमा नाकाबाट विगतदेखि नै तस्करी हुने गरेको आफूलाई सूचना आएको छ भन्दै अब त्यस्ता गतिविधि कदापि स्वीकार्य हुन नसक्ने बताए ।

त्यसैगरी गृह मन्त्रालय, शान्ति सुरक्षा समन्वय महाशाखा प्रमुख रामकृष्ण सुवेदीले देशको समग्र सुरक्षा अवस्थालाई व्यवस्थित गर्न मन्त्रालयले जारी गरेको ८२ बुँदे कार्ययोजना कडाइका साथ लागु गर्नका लागि सबैलाई आआफ्ना क्षेत्रबाट लाग्न अनुरोध गरे ।

गोष्ठीमा गृहसचिव प्रेमकुमार राई, प्रदेश सरकारका प्रमुख सचिव शंकर पाठक, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी र नेपाली सेना युद्धकार्य महानिर्देशनालयका प्रमुख शरद गिरीले शान्तिसुरक्षाको वर्तमान अवस्था र आगामी दिनमा कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा धारणा राखेका थिए ।

मन्त्रालयले देशका सातवटै प्रदेशमा सुरक्षा गोष्ठी गरी सुरक्षा रणनीति बनाउने उद्देश्यका आज प्रदेश नं ५ को अस्थायी मुकाम रुपन्देहीमा गोष्ठी आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस