१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वृत्ति विकासमा अवरोध भएको भन्दै लेखा अधिकृतहरूद्वारा संघमा फिर्ता गर्न माग

अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशमा कार्यरत लेखा समूहका अधिकृतहरूले वृत्ति विकासको अवसर नपाएको गुनासो गर्दै संघीय सरकारमै फिर्ता पठाउन माग गरेका छन्।

२०७४ सालमा प्रदेशमा समायोजन भएका लेखा अधिकृतहरू प्रदेश निजामती सेवा ऐन २०७९ र नियमावली २०८१ अनुसार संगठन व्यवस्थापन तथा सर्वेक्षण नहुँदा वृत्ति विकास अवरुद्ध भएको बताउँछन्। अन्य सेवा समूहका कनिष्ठ कर्मचारीहरूको वृत्ति विकासका लागि प्रदेश लोक सेवा आयोगले विज्ञापन जारी गरिसकेको भए पनि लेखा समूहका कर्मचारीहरू भने अवसरबाट वञ्चित भएको गुनासो छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवलाई पत्र बुझाउँदै लेखा समूहका कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महालेखा नियन्त्रक कार्यालयमा फिर्ता पठाउन आग्रह गरेका छन्।

आन्दोलनको चेतावनी
लेखा समूहका कर्मचारीहरूले माग सम्बोधनका लागि आन्दोलनलाई तीव्र पार्ने बताएका छन्। बुधबार प्रदेश लेखा नियन्त्रण कार्यालयमा धर्ना दिएका उनीहरूले आवश्यक परेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि विरोध कार्यक्रम गर्ने जनाएका छन्।

उनीहरूले माग पूरा नभएसम्म प्रदेश सरकारका सबै निकायबाट हुने भुक्तानी प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। यसअघि पनि वृत्ति विकास सुनिश्चित गर्न पटक–पटक आन्दोलन गरिसकेको तर प्रदेश सरकारले आश्वासन मात्र दिएर माग सम्बोधन नगरेको उनीहरूको आरोप छ।

प्रशासनिक नेतृत्वमाथि आरोप
सुदूरपश्चिममा समायोजन भएका १३८ जना लेखा अधिकृतमध्ये करिब आधा कर्मचारी अवकाश भइसकेको बताउँदै केही प्रशासकहरूको अनुदारताका कारण आफूहरू समस्यामा परेको उनीहरूको भनाई छ । 

विशेष गरी लेखा समूहका लागि नवौँ तहको समूह हटाउने निर्णय नहुँदा र दरबन्दी पुनरावलोकन नहुँदा समस्या थप जटिल बनेको उनीहरूले बताएका छन् । यसअघि भुक्तानी रोक्ने आन्दोलनपछि अध्ययन समिति गठन भए पनि प्रतिवेदनले वृत्ति विकासको मार्ग खुलाउन नसकेका कारण पुनः संघर्षको विकल्प नभएको लेखा अधिकृतहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस