२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प प्रभावित जिल्लामा तीन अर्ब ९५ करोड ६५ लाख रकम निकासा

अ+ अ-

काठमाडौँ। जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भएको छ ।

आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री रमेश लेखकले रुकुम र जाजरकोट जिल्लामा जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस भएर आएका भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको बताएका हुन् ।

२०८१ माघ महिनामा मात्रै भूकम्प प्रभावितहरूका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ८० करोड निकासा भएको उनले जानकारी दिए ।

जाजरकोट भूकम्पको विस्तृत क्षति आँकलनको कार्य फागुन महिनाबाट सुरु भैसकेको पनि उनले बताए । फिल्डमा खटिने प्राविधिकहरूको तालिम सम्पन्न भैसकेको बताए ।

पश्चिम नेपाल भूकम्पको पुनर्निर्माणका लागि सहयोग पुर्‍याउन बझाङ, अछाम र जाजरकोटमा फिल्ड अफिस खोल्नका लागि अस्थायी दरबन्दी सिर्जना गरी फागुन महिनाभित्रै फिल्ड अफिस खोलिने उनले प्रतिबद्धता जनाए ।

२०८० साल कार्तिक १७ गते राती जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट ठुलो जनधनको क्षति भएको थियो ।

२०७९ कार्तिक २३ गते डोटी, २०८० असोज १६ गते बझाङमा पनि भूकम्प गएको थियो । डोटी भूकम्पको लाभग्राहीसँग सम्झौता सुरु भैसकेको गृहमन्त्री लेखकले बताए । उनका अनुसार करिब ५८३ परिवारसँग सम्झौता सम्पन्न भैसकेको छ । सम्झौताको आधारमा रकम निकासाको प्रक्रिया अगाडी बढेको छ ।