४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चालनमा रहेका २२ वटा बहुवर्षीय योजना अलपत्र

अ+ अ-

धनकुटा । शान्ति मन्त्रालयबाट रकम निकासा नभएपछि जिल्लामा निरन्तर सञ्चालनमा रहेका बहुवर्षीय योजना अलपत्र भएका छन् ।

धनकुटा जिल्लामा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत सञ्चालित २२ वटा योजना अपूरा भएको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ ।

मन्त्रालयबाट पाँचवर्षे योजना बनाएर न्यूनतम आठ लाखदेखि अधिकतम ३० लाखसम्म खर्च गर्ने स्टिमेट तयारी गरी सञ्चालित योजना तीन वर्ष नपुग्दै बन्द भएपछि योजना अलपत्र अवस्थामा रहेका जिल्ला प्राविधिक कार्यालयका प्रमुख प्रकाश चौधरीले बताए ।

चौधरीका अनुसार शान्तिका लागि विकास कार्यक्रममा वार्षिक रकम विनियोजन गरेर क्रमशः योजना सञ्चालन हुने १२ वटा विद्यालय, छ वटा सामुदायिक भवन, तीन पार्क र एक मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको थियो ।

जिल्लाका विभिन्न योजनामा कूल तीन करोड लागत स्टिमेट गरी सञ्चालित विभिन्न क्षेत्रमा भौतिक निर्माणका कार्य गर्न गत वर्षसम्ममा ७९ लाख ११ हजार ५०० निकासा भई काम गरिए भए पनि यस वर्ष कुनै पनि योजनाको रकम विनियोजन नभएका कारण २२ वटा नै योजना अपूरो रहेको कार्यालय प्रमुख चौधरीले बताए ।

शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत बहुवर्षीय योजनाअन्तर्गत जिल्लाको पाख्रिबास नगरपालिकामा बन्दै गरेको नोना कोइराला स्मृति प्रतिष्ठानको भवनको काम थालनी भएसँगै रकम नआएपछि अपूरो रहने निश्चित भएको छ । शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत २२ वटा योजना कुनै शुरुवाती चरणमा रहेका छन् भने कुनै सम्पन्न चरणमा रहेका छन् ।

अहिले शान्ति मन्त्रालयसमेत गाभिएपछि जिल्लामा सञ्चालित बहुवर्षीय अपूरा योजनाको सञ्चालनको जिम्मेवारी अब स्थानीय तहमार्फत सञ्चालन गर्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवानले बताए । रासस

प्रतिक्रिया दिनुहोस