३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अरुण तेश्रोको उद्घाटन दिल्लीबाटै हुँदै

अ+ अ-

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले बहुप्रतिक्षित अरुण तेश्रो जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गर्ने तय भएको छ।

प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा २४ चैतमा नयाँ दिल्लीको हैदराबाद हाउसबाट दुवै प्रधानमन्त्रीले आयोजनाको संयुक्त उद्घाटन गर्ने छन्।

प्रधानमन्त्री ओली र मोदीबीच एकान्त वार्ता र औपचारिक वार्तापछि आयोजना हुने संयुक्त पत्रकार सम्मेलनअघि परियोजनाको उद्घाटन हुनेछ। १ खर्ब १६ अर्ब रुपैयाँ लागतमा परियोजना बन्न लागेको हो।

परियोजनाबाट उत्पादित बिजुलीको २१ दशमलव ९ प्रतिशत नेपालले सित्तैमा पाउनेछ भने २५ वर्षपछि नेपाललाई परियोजना हस्तान्तरण गरिन्छ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा ०७१ साउन दोस्रो साता लगानी बोर्ड र प्रवद्र्धक भारतीय कम्पनी सतलज जलविद्युत् निगमबीच यसअघि नै परियोजना विकास सम्झौता (पिडिए) भइसकेको छ । सम्झौताअनुसार पाँच वर्षमा निर्माण सम्पन्न हुनेछ ।

यससँगै भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण तत्काल नहुने संकेत देखिएको छ । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलद्यिुत् आयोजना उद्घाटनका लागि मोदीले नेपाल भ्रमण गर्ने तयारी थियो । दिल्लीस्थित कूटनीतिक स्रोतका अनुसार गत असोजमा मोदी यी प्रयोजनका लागि नेपाल भ्रमण गर्ने तयारी थियो ।

तर, १८ असोजमा एमाले र माओवादीबीच वाम गठबन्धन घोषणापछि नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमणको तयारी नै रोकिएको थियो । मोदीले त्यही प्रयोजनसहित जनकपुर, मुक्तिनाथ र लुम्बिनीसमेत जाने गरी चैत अन्तिम साता नेपाल भ्रमण गर्ने तयारी थियो ।

तर, ओलीको राजकीय भ्रमणकै वेला अरुण तेस्रोको उद्घाटन गर्ने तय भएसँगै मोदीको भ्रमण तत्काल नहुने कूटनीतिक स्रोतले बतायो । आगामी मंसिरभित्र नेपालमै आयोजना हुने बिमस्टेकको सम्मेलनमा भने मोदी सहभागी हुनेछन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस