२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एस छाडेको भोलिपल्टै एमाले प्रवेश गरे काठमाडौँ उपाध्यक्ष-सचिवलगायतका नेता

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी काठमाडौँका प्रभावशाली नेताहरू एमालेमै फर्किएका छन् । जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेलगायतका नेता-कार्यकर्ता नेकपा एस छाडेको भोलिपल्टै मूलघर फर्किएका हुन् ।

केन्द्रीय पदाधिकारी र पोलिटव्युरो सदस्यहरूको निर्वाचन भइरहेका बेला उनीहरूले हिजो पार्टी परित्याग गरेका थिए ।

एमालेमा पुनस् प्रवेश गरेका नेता(कार्यकर्तालाई गण्डकी प्रदेश इन्चार्ज राजन भट्टराई, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेललगायतका नेताहरूले स्वागत गरे । पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको र व्यक्तिवादी चरित्र हाबी भएकाले आफूहरूले छलफल गरेरै नेकपा एस छाडेको सचिव न्यौपानेले बताए । उनी साविक नेकपा एमालेमा ४ नम्बर क्षेत्रीय सचिव र जिल्ला खेलकुद विकास समितिको अध्यक्षसमेत भएका थिए ।

त्यस्तै बटुकृष्ण थापा कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा एसको मेयर उम्मेदवार बनेका थिए । कीर्तिपुर नगरपालिकाको मेयर राजकुमार नकर्मीको निधन भएका कारण सो पदमा मंसिरमा उपनिर्वाचन हुँदैछ ।

नेकपा एस परित्याग गर्नेहरूमा काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन,सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा,जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटालगायत छन् ।

त्यस्तै बुढानीलकण्ठ नगर कमिटी उपाध्यक्ष विष्णु भट्टराई, सचिव विमल लामा, युवा संघ केन्द्रीय सदस्य रामशरण सापकोटा, जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बुढानीलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ, भानु रिजाल, केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने, दीपेश थापा, कृष्णहरी खड्का, कीर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा, महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा थापालगायत छन् ।

काठमाडौं क्षेत्र नम्बर ९ का संयोजक तोरण थापा, चन्द्रागिरि नगर अध्यक्ष प्रदीप रिजाल, काठमाडौं क्षेत्र नम्बर १० (ख)को प्रदेश संयोजक तथा जिक सदस्य राजाराम कार्की पनि एमालेमा भित्रिएका छन् । जिल्ला कमिटी बैठक बोलाइएको पूर्वसन्ध्यामा अधिकांश नेता(कार्यकर्ताले पार्टी छाडेका थिए ।