काठमाडौँ । सरकारले डेढ दर्जन जति राजदूत नियुक्त गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न देशहरूका लागि राजदूत नियुक्त गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार पूर्व मुख्य सचिव तथा राजदुत लोक दर्शन रेग्मी अमेरिकासहित अन्य विभिन्न देशमा नियुक्त गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएको छ ।
प्राप्त जानकारी अनुसार भारतमा शङ्कर शर्मा, चीनमा कृष्णप्रसाद ओली र बेलायतमा चन्द्रप्रसाद घिमिरेको नियुक्ति भएको छ । त्यस्तै दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, जर्मनीमा शैल रुपाखेती, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित, पोर्चुगलमा प्रकाशमणि पौडेल र दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठको सिफारिस भएको बताइएको छ ।
प्राप्त विवरण अनुसार अस्ट्रेलियामा कान्ता रिजाल, स्पेनमा सनिल नेपाल, मलेसियामा नेत्रप्रसाद तिमिल्सिना र पाकिस्तानका लागि रिता धितालको नाम सिफारिस भएको स्रोतले जानकारी दिएको छ ।
थप अपडेट हुँदै….







