२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिगो वाणिज्य व्यवस्थापन विषयमा पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सुरु गरिने

अ+ अ-

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)देशको आवश्यकता र बजारको माग सम्बोधन गर्न दिगो वाणिज्य व्यवस्थापन विषयमा पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सुरु गरिने भएको छ । 

कार्यक्रमले व्यवस्थापकीय ज्ञानलाई विश्वव्यापी जलवायु परिवर्तन, सुशासन र दिगो विकाससँग जोडेर जनशक्ति निर्माण गर्नेछ । कार्यक्रम सञ्चालनका लागि त्रिविको स्कुल अफ म्यानेजमेन्ट, बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट र इन्भेष्ट फर इम्प्याक्ट नेपालबीच मङ्गलबार यससम्बन्धी सझेदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा त्रिविका तर्फबाट त्रिवि स्कुल अफ म्यानेजमेन्टका निमित्त निर्देशक डा गोविन्द तामाङ र इन्भेष्ट फर इम्प्याक्ट नेपालका तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका थिए । 

सम्झौताअनुसार त्रिविले २०२५ को फेब्रुअरीदेखि सञ्चालन गर्ने उक्त एक वर्षे शैक्षिक कार्यक्रमका लागि  बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट र इन्भेष्ट फर इम्प्याक्ट नेपालले प्राविधिक सहयोग उपलब्ध गराउने छन् 

त्रिवि व्यवस्थापन सङ्कायका डीन प्रा. डा. डिल्लीराज शर्माका अनुसार कार्यक्रमले व्यवस्थापनको पढाइलाई उद्यमशीलता र व्यवसाय प्रवर्द्धनमा मात्र सीमित नराखी समाज, राष्ट्रिय अर्थतन्त्र र अन्तर्राष्ट्रियस्तरमा योगदानका साथ दिगो व्यवसाय सञ्चालन गर्ने क्षमता भएको जनशक्ति उत्पादन गर्नेछ । 

उक्त शैक्षिक कार्यक्रममा स्नातक तह उत्तीर्ण र व्यवस्थापनमा एक वर्षे अनुभव प्राप्त विद्यार्थीले आवेदन गर्न सक्न छन् । कार्यक्रम रोजगार बजारको मागअनुरूपको जनशक्ति उत्पादन गर्न सुरुदेखि नै उद्योग, व्यवसाय र वित्तीय संस्थाका आवश्यकतासँग जोडेर सञ्चालन गरिने त्रिविले जनाएको छ ।