२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने

अ+ अ-

काठमाडौँ । स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने भएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको निर्देशिकामा स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने व्यवस्था गरेको हो ।

निर्देशिकामा ‘दुवै विद्यालय एउटै स्थानीय तहभित्रका भएमा र तह, विषयसमेत यकिन गरी पाँच दिनभित्र शिक्षक व्यवस्थापनसम्बन्धी कार्य स्थानीय तह आफैँले गर्न सक्ने’ उल्लेख गरिएको छ ।

पालिकामा उल्लेख भए बमोजिम गरिएको शिक्षक व्यवस्थापनसम्बन्धी कार्यको विवरण सम्बन्धित एकाइमा लेखी पठाउनुपर्नेछ र एकाइले नियमावली बमोजिम आफूले गर्नुपर्ने निर्णय गरी अभिलेखीकरण गर्नुपर्नेछ ।

आवश्यक कागजात प्राप्त भइसकेपछि सरुवा भई जाने, आउने विद्यालय फर–फरक स्थानीय तहको भएमा अथवा जिल्लान्तर भएमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले शिक्षक सरुवा गर्नेछ ।

निर्देशिकामा भनिएको छ ‘पेस भएका कागजात रुजु गरी तीन दिनभित्र अन्तर स्थानीय तह वा जिल्लान्तर रूपमा शिक्षकको सरुवासम्बन्धी निर्णय गरी सम्बन्धित शिक्षक, विद्यालय, स्थानीय तह र एकाइलाई जानकारी दिनुपर्नेछ ।’

त्यसको लागि स्थानीय तहले प्राप्त कागजात यकिन गरी नियमावलीको अनुसूची १७ बमोजिम आफ्नो सहमतिसहित तीन दिनभित्र प्राप्त कागजात शिक्षक सरुवाका लागि सम्बन्धित एकाइमा पठाउनुपर्नेछ ।

त्यस्तैगरी रिक्त भएको पद र पूर्ति भएको पदसम्बन्धी विवरण सम्बन्धित स्थानीय तहले तत्‌तत् विद्यालयको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा तत्काल अद्यावधिक गराउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

शिक्षक सरुवासम्बन्धी व्यवस्थालाई प्रभावकारी तथा व्यवस्थित बनाउन केन्द्रमा एकीकृत पोर्टलको विकास गर्न सकिने र शिक्षक सरुवासम्बन्धी सबै विवरण तथा कार्य विकसित पोर्टलमार्फत गर्न सकिने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस