४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकलाई पारिश्रमिक दिन धौधौ

अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय निजी स्रोतका शिक्षकलाई पारिश्रमिक दिन विद्यालयको जमिन भाडामा दिँदै आएको छ ।

वि.सं. २०२८ मा स्थापना भएको राष्ट्रिय माविलाई पछिल्ला वर्षमा शिक्षकलाई पारिश्रमिक दिन धौधौ परिरहेको छ । सात जना निजी स्रोतबाट शिक्षक राखेर अध्यापन गराउनु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरजन साउदले बताए ।

‘प्राविमा तीन जना स्थायी र निमावि तथा माविमा एक–दुई जना राहतका शिक्षक छन् ।’ अध्यक्ष साउदले भने, ‘निजी स्रोतका शिक्षक नराख्ने हो भने अध्यापन नै प्रभावित हुन्छ ।’

पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयले आफूसित भएको साता बिघा जमिन ठेक्कामा दिएर शिक्षकलाई पारिश्रमिक दिँदै आइरहेको छ । ‘जमिन तीन वर्षको दुई लाख ७६ हजारमा ठेक्कामा दिएका छौँ ।’ अध्यक्ष साउदले भने, ‘ठेक्काबाट आएको रकमसमेत तलब दिन सकिरहेका छैनौँ ।’

पछिल्लो आठ महिनायता निजी स्रोतका शिक्षकलाई पारिश्रमिक दिन नसकेको विद्यालय प्रशासनले जनाएको छ । ‘पाँच लाख जति विद्यालयलाई ऋण छ ।’ साउँदले भने, ‘शिक्षकलाई पारिश्रमिकका लागि अनेक बहानामा पन्छ्याउनु परेको छ ।’ प्याराताल छेउमा रहेको विद्यालयको सात बिघा जमिनमा भारतले हस्तक्षेप गर्न खोजीरहेको अध्यक्ष साउदले बताए ।

‘स्कूलको जमिन पनि भारतीय पक्षले सिमानामा पर्ने भन्दै हस्तक्षेप गर्न खोजी रहेको छ ।’ उनले भने ।

जिल्ला शिक्षा कार्यालयबाट प्राप्त हुने अनुदान रकमसमेत वितरण रोकिँदा आर्थिक समस्या भएको हो । ‘समस्या त पहिलेदेखि नै थियो,’ साउदले भने, ‘जिल्लाबाट अनुदान रोकिँदा झन समस्या भएको छ ।’ रासस

प्रतिक्रिया दिनुहोस