काठमाडौँ । महालेखा परीक्षकमा तोयम रायालाई संसदीय समितिबाट सर्वसम्मत अनुमोदित भएका छन् ।
आज भएका संसदीय सुनवाइपछि एकमतले उनलाई अनुमोदन गर्ने निर्णय भएको हो ।
संवैधानिक परिषद्ले रायालाई गत चैत्र १८ गते महालेखा परीक्षकमा सिफारिस गरेको थियो ।
राया राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव हुन् । उनी ६ वर्षीय कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन् ।