काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले भारतीय स्टेट टीम गुजरातविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालसहित भारतका दुई स्टेट टीम गुजरात र बरोडाले त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछन् । सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।