२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीडकले जेल भित्रबाटै दिए बलात्कार पीडितलाई मार्ने धम्की, गृहले लियो एक्सन

अ+ अ-

काठमाडौँ । जबरजस्ती करणीमा दोषी करार भई कारागार चलान भएका तादी–४, नुवाकोटका पशुपति मैनालीले फोन गरेर आफूलाई धम्क्याएको भन्दै पीडित युवतीले प्रहरीमा उजुरी दिएकी छन् । 

हाल थुनामा रहेका मैनालीले जेलबाटै फोन गरेर ज्यान मार्ने धम्की दिने गरेको पीडित सिंहदरवार–८४ ले बताइन् । मैनालीले धम्की दिएपछि पीडितले प्रहरी वृत्त सिंहदरवारमा निवेदन दर्ता गराएकी छन् । उनले मैनालीविरुद्ध आवश्यक कारबाहीको माग गर्दै ज्यान जोगाइदिन  निवेदन दर्ता गराइएकी हुन् ।

काठमाडौँ जिल्ला अदालतको फैसलाअनुसार ७ वर्ष सजाय पाएका मैनालीलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । जबरजस्ती करणी मुद्दामा न्यायाधीश कपिलमणि गौतमको फैसलाले सात वर्षको जेल सजाय सुनाएको थियो । 

मैनालीले २०७८ कार्तिक १५ मा बागबजारको एक गेस्ट हाउसमा जबरजस्ती करणी गरेका थिए । अश्लील भिडियो आफूसँग रहेको र त्यो डिलिट गर्दिन्छु भन्दै बागबजारमा बोलाएर मैनालीले कुटपिटसहित बलात्कार गरेको पीडितले जानकारी दिएकी छन् । पीडितको जाहेरीका आधारमा मैनाली १६ गते पक्राउ परे । 

थुनछेक बहसका क्रममा अदालतको आदेशले उनी २०७८ माघ ६ मा धरौटीमा छुटे । जिल्ला अदालतले थुनामा राखी अनुसन्धान गर्दै गर्दा पिडक उच्च अदालत गए र माघ ६ गते धरौटीमा छुटे । तर, २०८० जेठ २६ मा सर्वोच्च अदालतको आदेशले मैनाली पुनः जेठ ३० गतेदेखि कारागारमा छन् । 

सिंहदरवार–८४ ले डिल्लीबजार कारागारको नम्बर ९७६२८७५४६७ बाट आफूलाई मैनालीले मार्ने धम्की दिएको भन्दै २०८० चैत ९ मा प्रहरी वृत्त सिंहदरवारमा निवेदन दिएकी थिइन् । चैत ९ मा दिएको निवेदन चैत १४ मा प्रहरीमा दर्ता भएको उनले प्रशासन डटकमलाई जानकारी दिइन् । आफै निवेदन लिएर कारागार पुगेको उनले बताइन् ।

निवेदन परेपछि गृह प्रशासनले यसबारे छानबिन गरेको छ । छानबिन पश्चात् मैनालीले जेलबाट पीडितलाई फोन गरेको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । प्रशासनका अनुसार मैनालीलाई शुक्रबार नै डिल्लीबजार कारागारबाट काठमाडौँ उपत्यका बाहिर सारिएको छ ।