आजबाट राष्ट्रियसभा निर्वाचन आचारसंहिता लागू « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आजबाट राष्ट्रियसभा निर्वाचन आचारसंहिता लागू


१२ माघ २०७४, शुक्रबार


काठमाडौं । माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार, निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलाई समेत लागु हुनेछ ।

आआयोगले जारी गरेको विज्ञप्तिमा आचारसंहिता नेपाल सरकार, सरकारका मन्त्री, प्रदेश सरकार तथा स्थानीय तहमा प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारीलाई पनि लागु हुनेछ ।

त्यस्तै सार्वजनिक संस्थाका प्रमुख तथा कर्मचारी, नेपाल सरकारको स्वामित्वमा रहेका कार्यालयका प्रमुख तथा कर्मचारीलाई पनि आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जनाएका छन् ।

आचारसंहिता लागु भएपछि निर्वाचन प्रभावित गर्ने कुनै पनि काम गर्न पाइने छैन । त्यस्तै मौन अवधिमा मतदाता प्रभावित पारे उम्मेदवारी नै रद्द गर्ने अधिकार र एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस