विभागद्वारा वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति दिन सुरु « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

विभागद्वारा वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति दिन सुरु


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ। यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका अनुसार आजसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनाले आरोहण अनुमति लिएका छन्। जसमध्ये अमादब्लङमा तीन, हिमलुङका लागि पाँच, जुगलमा एक र अन्नपूर्ण हिमालमा २४ आरोही छन्। सगरमाथा आरोहणको पनि आरोहण अनुमतिका लागि प्रक्रियामा रहेको र भोलिदेखि अनुमति दिन सुरु गरिने विभागले जनाएको छ।

वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आउँछन्। विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सय ७८ ले अनुमति लिएका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस