२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कपिलविरुद्धको उजुरी अदालतद्वारा खारेज

अ+ अ-

मुम्बई । भारतीय प्रख्यात कमेडियन कपिल शर्मा आफ्नो शोसँगै विवादका कारण पनि चर्चामा आउँछन् । उनी अहिले नयाँ शोको रिलिजको तयारीमा छन् । जुन शो नेटफ्लिक्समा रिलिज हुँदैछ । यहीबीचमा कपिलविरुद्ध परेको एक उजुरीलाई अदालतले खारेज गरिदिएको छ ।

दुई वर्षअघि ‘द कपिल शर्मा शो’ को एक एपिसोडमा अदालतको एक कोठा तयार पारिएको थियो । जहाँ करिब ८ मिनेटसम्म अदालतको कारबाही देखाइएको थियो । जहाँ कपिल शर्मा र उनका साथीहरूले अदालतको कोठामा हुने कानूनी कारबाहीका बारेमा अभिनय गरेका थिए । यो एपिसोडमा कपिल वकिलको भूमिकामा थिए । उनले दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग गर्दै मदिरा मागेका थिए ।

यो एपिसोड हेरेका ग्वालियरका मजिष्ट्रेट कोर्ट र सेशन कोर्टका अधिवक्ता सुरेश धाकडाले शोका निर्मातासँगै शोका होस्ट कपिल शर्माविरुद्ध मुद्धा दर्ताको माग गर्दै उजुरी दिएका थिए । उजुरीमा शोको माध्यमबाट अदालतको छविलाई धमिल्याउने प्रयास गरिएको उल्लेख थियो ।

उजुरीमा कपिलको शोमा दोहोरो अर्थ लाग्ने संवाद धेरै प्रयोग गरिने र महिलामाथि भद्दा प्रतिक्रिया दिइने आरोप थियो । उजुरीमा अदालतमा मदिरा पिएको देखाइएपछि त्यसले अदालतको अपमान गरेको र यही तर्कका आधारमा कपिलविरुद्ध धारा ३५६÷३का अनुसार एफआईआर दर्ताको माग गरिएको थियो ।

यही मामलामा हाई कोर्टको ग्वालियर खण्डपिठले कपिललाई राहत दिएको छ । अदालतले उजुरीलाई सुनेर आफ्नो प्रतिक्रिया दिएको छ । अदालतका अधिवक्ता सुरेशलाई पनि पब्लिसिटी स्टण्टका लागि प्रहरीको काँधको उपयोग नगर्न सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस